Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बलात्कार आरोपितलाई अदालतले जोगाउन खोजेको भन्दै जाजरकोटकी सराकुमारी शाही पुनः आन्दोलनमा उत्रिएकी छन् । विवाहको प्रलोभनमा पारेर प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नाले जबर्जस्ती करणी गरेको उनको आरोप छ । त्यसविरुद्ध कानुनी लडाई लडिरहेकी साराकुमारी सडक संघर्ष पनि गरिरहेकी छन् । यसैबीच उच्च अदालत, पाटनले भुपेन्द्रलाई जेल पठाउन नमिल्ने मिसिल सर्वोच्च अदालत पठाएपछि उनी पुनः सडकमा ओर्लिएकी हुन् । आजदेखि माइतीघर मण्डलामा धर्ना बसेकी उनले ठगुन्नालाई जेल नपठाएसम्म धर्ना जारी राख्ने बताइन् । जुनिचाँदी गाउँपालिका-९ घर भएकी साराकुमारी पढाइको सिलसिलामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ मा बसोबास गर्दै आएकी छिन् । सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत उनको टिकटकमार्फत भुपेन्द्रसँग चिनजान भएको…

Read More

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले चर्चित पात्र हुन्। डोटीबाट निर्वाचित माननीय समेत रहेका उनी चाहे मन्त्री हुँदा होस् या प्रतिनिधि सभा सदस्य। जहिल्यै उनी चर्चामा रहे। अहिले पनि पार्टीको महाधिवेशन छोडेर भारत पस्दै नेपाल फर्केपछि फेरि उनको चर्चा सुरु भएको छ। करिब ८ महिनादेखि आफू पार्टीमा निष्क्रिय रहेको भन्दै उनले नेकपा एस छाडेको बताएका छन्। सोही कारण उनी एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटीमा पनि परेका छैनन्। उनी भन्छन्, “यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन,” आलेले भने, “त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन। यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु।” बिहीबार…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल प्राकृतिक बिपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘राजनीतिमा उतारचढाव भइरहन्छ। तर, सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन। नेपाल यसै पनि विपदका दृष्टिले उच्च जोखिमयुक्त देश हो। त्यसमाथि यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ। त्यसैले…

Read More

काठमाडौँ: प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेससँग नयाँ समीकरण बनाएर सरकार गठन गर्ने सहमति गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। तापनि, दाहालले राजीनामा नदिएर संसद फेस गर्ने भएका छन्।

Read More

काठमाडौं: निरन्तरको झरिले पहिरो खस्दा सुदूरपश्चिमस्थित बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले अहिले जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको जनाएको छ। तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ।

Read More

काठमाडाैं: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा वेभसाईट ह्याक भएको हो। कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीका अनुसार साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ। वेभसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए। अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ‘ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर’ लेखिएको देख्न सकिन्छ।

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तत्काल राजीनामा नदिने बताइएको छ। केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रदेश राजनीति पनि प्रभावित भएका बेला नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थनमात्रै होइन, एमालेका तर्फबाट बनेका मन्त्रीहरुले राजीनामा नै दिएका छन्। योसँगै मुख्यमन्त्री स्पष्ट अल्पमतमा परेका छन्। तर मुख्यमन्त्रीको सचिवालयले भने सोडारीले तत्काल राजीनामा नदिने जनाउँदै सुदूरपश्चिम पुगेर विश्वासको मत लिने जनाएको छ। त्यसका लागि मिति तय नभए पनि ३० दिनभित्र त्यस्तो प्रस्ताव संसदमा राखिने सचिवालयको दाबी छ। सचिवालय भन्छ, ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, ३० दिन पनि कट्दैन। संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन।’ मुख्यमन्त्री सोडारी भने…

Read More

काठमाडौं : ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ ले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर संग छलफल गरेको छ । सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो । समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन आग्रह गरेको थियो। सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो। लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।

Read More

काठमाडौं :लुम्बिनी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोजको आयोजना गरेका छन । संघीय सरकारमा सत्ता समीकरण परिवर्तन हुन लागेसँगै लुम्बिनीमा पनि सरकार छाड्न लागेका एमालेका मन्त्रीहरूका लागि मुख्यमन्त्रीले आफ्नै निवासमा बिदाइ भोज आयोजना गरेका हुन । आफ्नो मन्त्रिमण्डलमा सहभागी भएकालाई निस्कँदा पनि राम्रै सम्मानका साथ बिदा गर्नुपर्छ भन्ने राजनीतिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले बताए । बिदाइ भोजमा एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानीमन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसी र सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री सहभागी भएका छन । पछिल्लो…

Read More

काठमाडौं : शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन गर्न खोजिएको दाबी गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् । उनले लेखेकी छन ,”आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब,” ओलिले बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल…

Read More