धनगढी: आज पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढी आउने कार्यक्रम रहेको छ। पूर्व राजपरिवार आजै धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। उक्त अभिनन्दन कार्यक्रमको व्यवस्थापक राप्रपाका प्रतिनिधि सभा सदस्य समेत रहेका महामन्त्री धवल शमशेर राणा रहेको बुझिएको छ। उनी नेपालगन्जका स्थानीय भएपनी धनगढीमा राजा ल्याएर उनले कार्यक्रम…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक युवाको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी आठ महिनाअघि मात्रै पोर्चुगल पुगेका थिए ।
काठमाडौँ: दूरपश्चिमसहित पाँच प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । सुदूरपश्चिमका ५, बाग्मतीका ३, कोशीका ७, गण्डकीका १० र कर्णालीका ९ ओटा गरी ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ । ३४ जिल्लाका सय पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य राखिएको छ । यो आयोजना मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको बताइएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाइले सन् २०२९…
धनगढीः कैलालीको चुरे गाउँपालिकामा अतिक्रमित वन क्षेत्र खाली गराइएको छ । पालिकाको वडा नम्बर ४ स्थित टाँकगडा र पैनेरुवाको अतिक्रमित वन क्षेत्र खाली गराइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको हो । चुरे फेदीको टाँकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार १०५ हेक्टर वन क्षेत्र खाली गराइएको छ । शनिवार टाँकगडाका १३५ टहरा र पैनेरुवामा ३५० टहरा डोजर लगाएर भत्काइएको हो ।
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका-९ को कार्यालय नजिकैबाट पाँच गोलिया सालको काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी सुखडको समूहले रतिपुरबाट से १ त ९७०७ नम्बरको ट्याक्टरमा शनिवार राति तस्करी हुँदै गरेको अवस्थामा पाँच गोलिया सालको काठ नियन्त्रणमा लिएको हो। १०२ दशमलव ५८ क्यूफिट सालको काठ प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सुखडले काठ सव डिभिजन वन कार्यालयमा बुझाउने जनाइएको छ। प्रहरी देखेपछि तस्कर ट्याक्टर छोडेर फरार भएका थिए।
डोटी: जिल्ला प्रहरी कार्यालय डोटीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन आग्रह गरेको छ। सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो। प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले डोटीमा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो । आफ्नो नागरिकता, पासबुक लगायतका प्रमाण सहित जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ।
काठमाडौं: पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रबिन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
काठमाडौं: अष्ट्रेलियमा एक नेपाली दम्पतीको दुर्घटनामा परि निधन भएको छ। गत सोमबार भएको सडक दुर्घटनामा परि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ का सन्तोष अधिकारी र उनकी श्रीमती प्रतिमा थापाको मृत्यु भएको हो। उनीहरु ६ वर्ष अघि अध्यायनका लागि अष्ट्रेलिका गएका थिए । विवाह गर्नेवित्तिकै सन्तोष अष्ट्रेलिया गएका थिए भने त्यसको ५ महिनापछि उनकी श्रीमती प्रतिमा पनि उडेकी थिइन्। मृतक दुवैको शव पोस्टमर्टम गरेर नेपाल ल्याउने प्रक्रिया थालिएको बताइएको छ।
कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार राति कृष्णपुर नगरपालिका–४ मछेली नदी किनारमा करेन्ट लागेर ३४ वर्षीय प्रताप खुनाको मृत्यु भएको हो। हावाहुरीले विद्युतको पोल ढल्दा साइकलमा यात्रा गरिरहेका उनलाई करेन्ट लगेको थियो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार अहिले प्रहरी र जनप्रतिनिधिको टोली घटना स्थलमा छ। स्थानीयले क्षतिपूर्ति, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग राखेका छन्।
काठमाडाैँ: नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई बौलाहा मेयर भनेपछि राईले प्रतिक्रिया दिएका छन्। मेयर राईले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको रूपमा चित्रण गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’ शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए ।