Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ। बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो। नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन्। यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।

Read More

काठमाडौं: नेपाली सेनाले नौ महिने आधारभूत सैन्य तालिम पुरा गरेका १०५ सैन्यलाई सिपाहीमा दीक्षित गरेको छ। श्री देवीदल गण तेघरी कैलालीमा आयोजित सैन्य आधार तामिल दिक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्। गणमा सञ्चालित सिसं ५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सुदूरपश्चिमका पृतनापती उपरथी प्रकाश देउजाले उनीहरूलाई दीक्षित गरेका हुन्। दीक्षित भएका सैन्यहरूले देश र जनताका नाममा सपथ लिएका थिए। दिक्षान्त समारोहमा बोल्दै पृतनापती देउजाले सैन्यहरुलाई विधिवद्रुपमा नेपाली सेनामा स्वागत गर्दै कर्तव्यनिष्ट रहेर देशको सेवामा खटिन निर्देशन दिए। यस्तै उनले दृढ संकल्पका साथ राष्ट्र सेवामा समर्पित हुन आग्रह गरे। उक्त समारोहमा तालिमका क्रममा उत्कृष्टता हासिल गरेका ७ सैन्यलाई पुरस्कृतसमेत…

Read More

काठमाडौं: अस्ति आइतबार नेपाल प्रहरीको डीआईजीबाट एआईजी पदमा बढुवा भएकी किरण राणा भोलिबाट अनिवार्य अवकाशमा जान लागेकी छन्। उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा जान लागेकि हुन्। उसो त उनी राजनैनिक पहुँचका भरमा अस्ति बढुवा भएर हिजो (मङ्गलबार) मात्र दर्ज्यानी चिन्हबाट सुशोभित भएकी थिइन्। हिजो उनी र अर्का बढुवा भएका एआईजी डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १३ गतेको निर्णयअनुसार उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। राजनैनिक पहुँचका भरमा बढुवा पाएको भन्दै…

Read More

धनगढी: कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानुन विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ। प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ। प्रशासनले तोकेको समय भन्दा बढि…

Read More

काठमाडौं: नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। सहमति जुटेमा आजै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो। स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्। गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने चन्द कोशी प्रदेश प्रहरी कार्यालको प्रमुख छन्। यस्तै हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल भने ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छ्न्। यस्तै डीआइजीमा पनि बढुवा गर्ने विषयमा लगभग सहमति जुटिसकेको र आजै बढुवा निकाल्ने गरि प्रहरी प्रधान कार्यालय र गृह…

Read More

धनगढीः सुदूरपश्चिमको तीन जिल्लाबाट २६ जुवाडे पक्राउ परेका छन्। कैलाली, कञ्चनपुर र बझाङबाट २६ जना जुवाडे पक्राउ परेका हुन्। कैलालीको गोदावरी नगरपालिका–८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा भुलसहित ९ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो। उनीहरुलाई नगद ६१ हजार २३०, २ गड्डीतास र बागमती प्रदेश ०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ गरेका हो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाँउ स्थित ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा घटालसहित १२ जना पक्राउ पेरका छन्। यी १२ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ८२ हजार ३२२ र ६ गड्डी ताससहित…

Read More

धनगढीः कञ्चनपुरमा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३१ वर्षीय अमितकुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ४० वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट एक सय १८ ग्राम तीन सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आइबिआरडीबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई कञ्चनपुरको पुनरवास नगरपालिका–३ आइबिआरडीबाट पक्राउ गरिएको हो। प्रहरी टोली खटिएको समयमा उनीहरु दुबै जना आइबिआरडीमा बसिरहेका थिए। उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा अमितकुमारको साथबाट लागूऔषध बरामद…

Read More

धनगढीः सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले लेखा समूहका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले प्रशासन सेवा लेखा समूहका अधिकृत र सहायकस्तर पाँचौँ र चौथो तहका ४९ जना कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले ३७ जना लेखा अधिकृतहरूको सरुवा गरेको छ। जसमध्ये ११ जना सातौँ तहका लेखा अधिकृतको सरुवा भएको छ भने बाँकी छैटौँ तहका रहेका छन्। यस्तै, लेखा समूहका १२ जना सहायक स्तरका कर्मचारीको सरुवा भएको छ। यसअघि प्रदेश मातहतका ४४ जना कर्मचारीको सरुवा भएको थियो।

Read More

काठमाडौँ: कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर…

Read More

काठमाडौं: सुदूरपश्चिममा लागूऔषधतर्फ नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो अपरेसन सफतापूर्वक सम्पन्न गरेको छ। आज (मंगलबार) प्रदेशको कञ्चनपुर जिल्लास्थित पुनर्वास नगरपालिका-३ बजार क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित कारोबारी समातेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा डीआईजी रविन्द्र केसीले आज बेलुका सो क्षेत्रमा ठूलो मात्रामा ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगरबाट खटिएको सिनियर सब-इन्सपेक्टर केशव जोशी र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले सो अपरेसन चलाएको हो। विशेष सुराकीका आधारमा थालिएको अपरेसनमा २ ड्रग्स कारोबारी समातिएका छन्। समातिनेमा पर्सा घर भएर धनगढी बस्छु भनी बताउने अमित कुमार र बेलौरीकी सीता देबी चौधरी…

Read More