Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिन उनले घोषणा गरेका हुन् । सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । वडा अध्यक्षले परिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । विद्युत महशुल वडाध्यक्षले तिरिदिने भएपछि स्थानीय खुसी…

Read More

काठमाडौं- संघीय सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसदमा पेश हुनेछ । मंगलबारको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ । दोस्रो बैठकमा…

Read More

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फ नेकपा माओाबादी केन्द्रकी उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ। महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन् । निर्वाचन कार्यालयका अनुसार मेयरमा रेणु दाहालको ५० हजार ३१० मत ल्याएकी छन् । उपमेयरमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पनि गन्न बाँकी मतभन्दा धरै मतले अग्रता कायम गरी जित पक्का गरेका हुन् । उनले ५१ हजार १२९ मत ल्याएका छन् । दुवै उम्मेदवारले मत ५० हजार कटाएका छन् । यस्तै, मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३८ हजार ३९६ र…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदार बालेन्द्र साह (बालेन)ले आफ्नो अग्रता कायमै राखेका छन् । उनले १ लाख ४७ हजार ३९४ मत गन्दा ४८ हजार ५५२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् ।

Read More

दाङ- सुन भनेर इँटा बिक्री गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरमा एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका गरेर पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँकै २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीया सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका९१ का ३० वर्षीया गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्रसिंह धामी रहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली- कैलालीको घोडाघोडी नगरपालिमा बस दुर्घटना भएको छ ।घोडाघोडी नगरपालिका–१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका लम्कीचुहा नगरपालिका–२ का २० वर्षीय पारस खत्रीको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो । बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली- पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८०…

Read More

बैतडी- बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नो सेवा वडा नं ७ धामीगाउँबाटै प्रवाह गर्ने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले धामीगाउँमै पदभार ग्रहण गर्दै धामीगाउँबाटै सेवा सुरु भएको घोषणा गरेका छन् । राज्य पुर्नसंरचना आयोगले पनि धामी गाउँमै पालिकाको केन्द्र रहेको भन्दै २०७४ सालमै राजपत्रमा प्रविष्ट गरेको हो । तर तत्कालिन कार्यपालिकाले वडा नं. ३ पंसेरमा रहेको विद्यालयमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रबाह गर्दै आएको थियो । तत्कालिन कार्यपालिकाले पंसेराको सम्पर्क कार्यालयलाई नै पालिकाको केन्द्रको रुपमा स्थापना गर्न खोजेपछि बिरोध हुदै आएको थियो । संघीय सरकारबाट धामीगाउँबाटै सेवा सुचारु गर्न पटक पटक परिपत्र गर्दा पनि तत्कालिन पालिका सरकारले…

Read More

डडेल्धुरा- डडेल्धुरा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएको भन्दै नेकपा (माओवादी केन्द्र) आलिताल गाउँ कमिटी सचिव गणेश कामीले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार सामाजिक सञ्चालमा राजीनामा राख्दै नैतिकताका आधारमा सचिव पद छाडेको जनाएका हुन् । पार्टीले वडा–८ को अध्यक्षको उम्मेदवार भई चुनाव लडेको र पछि पार्टीका जिम्मेवार व्यक्तिहरूले नकारात्मक भूमिका खेलेका वडामा सबै उम्मेदवारहरू हार भएको कामीले उल्लेख गरेका छन् । ‘म यो पार्टीको सचिव भई काम गरेको र अब उपरान्त मेरो नैतिकताले पनि सो पदमा काम गर्न नमिल्ने भएकाले आजका मितिदेखि सो पदबाट नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गर्दछु।’ उनको राजीनामा पत्रमा उल्लेख छ। ३० वैशाखमा भएको…

Read More

कैलाली- स्थानीय तहको निर्वाचन सकिएसंगै अब समन्व समिति गठनको कार्य अगाडि बढ्ने छ । त्यसका लागि हिसाब किताब सुरु हुन थालेको छ । कैलालीको नतिजाले कुनैपनि पार्टीले एक्लै समन्वय समिति गठन गर्न सक्ने अवस्था छैन । कैलालीमा १३ वटा स्थानीय तहका पालिका प्रमुख र उपप्रमुख गरेर २६ मत भार छ । अर्थात जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हो । नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ। कांग्रेसको मतभार ८ रहेको छ। त्यस्तै एमालेले गोदावरी नगरपालिका उपप्रमुख,…

Read More