धनगढी: नेपाल प्रहरीका ३ डीआईजीको सरुवा भएको छ। आज (बुधबार) गृह मन्त्रालयले प्रहरीका ३ डीआईजीको सरुवा गरेको हो। डीआईजीत्रयको सरुवा भएको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। जसमा डीआईजी लालमणी आचार्यलाई मधेस प्रदेश पठाइएको छ। आचार्य, भरतपुर तालिम केन्द्रमा कार्यरत थिए। यस्तै डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुरस्थित प्रहरीको शिक्षालय र मधेशका डीआईजी यज्ञविनोद पोखरेललाई हेडक्वार्टर तानिएको छ। पोखरेललाई अहिले प्रदेश समन्वय विभागमा सरुवा गरिएको हो। यस अगाडि उनीमाथि तराईका तस्कर र बिचौलियाबाट अनुचित लाभ लिएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो। उनले खटाएका घुमुवालाई समेत झिकाएर प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरेको थियो। अब…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: कमेडीमा ‘इकु’ को नामले परिचित कलाकार सुलेमान शंकर ठगी आरोपमा पक्राउ परेका छन्। कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको छ। उनलाई हिजो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर शंकरमाथि अनुसन्धान थालिएको उनले जानकारी दिए। ‘उनलाई हिजो बूढानीलकण्ठबाट पक्राउ गरिएको छ। कलाकार भिसामा विदेश पठाइदिन्छु भनेर ठगेको आरोपमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौं’,उनले भने। गत कात्तिकमा उनीसहितको टोली जुवातास खेलेको आरोपमा पक्राउ परेका थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि १५–१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई छोडिएको…
काठमाडाैं: भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलालीकाे कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पुर्याएको स्थानीयले जानकारी दिएका छन्। चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ। सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए। पक्राउ गरेका दुवैलाई…
काठमाडौं: अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएकाे छ। पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हाे। उनी ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका गएकाे नेपयाेर्कले जनाएकाे छ। रोकामगर हालैमात्र बोस्टनमा बसाई सरेर काम गर्न थालेको जनाइएको छ। हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो। यस्तै उता अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन्। आइतबार राति सिड्नीकाे सेन्ट्रलस्थित एक पार्कमा झापाकाे मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी मृत भेटिएकी हुन्। उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको…
काठमाडौं: उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे सिंहदरबारमा डाकिएको बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। अहिलेको संरचनाअनुसार परिषदमा सत्ता र प्रतिपक्षको ५०–५० प्रतिशत प्रतिनिधित्व देखिन्छ। कुनै विषयमा सर्वसम्मत हुने अवस्था नरहे परिषद बैठकले बहुमतका आधारमा निर्णय गर्छ। त्यसकारण प्रधानमन्त्री ओलीले आफू अनुकूल बनाउन उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने योजना बनाएको चर्चा चलिरहँदा परिषद बैठक डाकिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ।…
धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन्। सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो। उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्। चालकसमेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया- ८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्। कच्ची सडकमा…
काठमाडौं: नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सुदृढीकरणको लागि सातवटा लक्ष्य समेटिएको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी गर्ने घोषणा गरेका छन्। प्रधानसेनापति भएको भोलिपल्ट मंगलबार सकलदर्जालाई सैनिक मुख्यालय जंगीअड्डाको सभाहलमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। “राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्य समावेश गरी ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी हुनेछ,” प्रधानसेनापति सिग्देलले भने। सम्बोधनका क्रममा उनले सबैभन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुसी बनाउनेभन्दा पनि समग्र संस्थाको हितको लागि कार्य…
काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको आज बिदाई भयो। ज्ञवाली आजबाट अवकाश पाएपछि बिदाई गरिएको हो। उनलाई आईजीपी वसन्तबहादुर कुँवरसहितले बिदाई गरेका थिए। सो क्रममा ज्ञवाली आफूले प्रहरी संगठनका लागि ठूलो योगदान गरेको जनाएका थिए। जबकी उनीमाथि घर जाने बेला विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोप लागेको थियो। सो आरोप खेपेरै उनी अवकाशप्राप्त बनेका हुन्। उसो त प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न २३ असारमा एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो। सो समितिका एक सदस्यका अनुसार, जाँचका क्रममा ज्ञवालीबारे विस्तृत अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु देखिएका छन्। केही सन्दर्भमा कैफियत फेला…
काठमाडौं: गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ। यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ। यस्तै अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ। मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा लामो समय देखि सिडिओ रिक्त रहदै आएको सिन्धुलीको सिडिओमा लीला प्रसाद शर्मालाई पठाइएको छ। यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ। यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ। प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी इलाका…
धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ स्थित दार्चुला सोहन होटलमा धन्दा हुने गरेको पाइएको हो। आजमात्रै मालाखेती प्रहरीको टोलीले उक्त होटलबाट होटल संचालकसहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।