Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको कुँवरले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उनले बताए ।…

Read More

कैलाली- कैलालीको एक रक्सी उद्योगमा आगलागी भएको छ। जिल्लाको चुरे गाउँपालिका–३ सहजपुरस्थित मारभट्टी बजारस्थित मनसुन वाइन ईण्डष्ट्रिजमा आगलागी भएको हो । सोही ठाउँका पृथ्वीविक्रम शाहको रक्सी उद्योगमा राति १२ बजेको समयमा फोहोरमैलामा लगाएको आगो सल्केर आगलागी भएको बताइएको छ। आगलागीबाट कम्पनीमा पूर्ण रुपमा क्षति पुग्न गई त्यहाँ रहेको ५९ हजार लिटर रक्सी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार अन्दाजी ३ करोड बराबरको क्षति भएको छ। आगो राति साढे १ बजे नियन्त्रणमा आएको प्रवक्ता जोशीले बताए। आगो निभाउने क्रममा उक्त कम्पनीमा काम गर्ने काठमाडौं महानगरपालिका–८ बालाजु घर भएका ४३ वर्षीय दीपक बस्नेत घाइते…

Read More

नयाँदिल्ली- छिमेकी देश भारतमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा आइतबार मात्रै १ हजार ४९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको बताइएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गरेका छन् । भारतमा आइतबार ४ हजार २७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय…

Read More

कञ्चनपुर- जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ । यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन…

Read More

एजेन्सी- भारतको उत्तराखण्डमा आइतबार साँझ बस दुर्घटना हुँदा २६ यात्रुको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशीमा यूके – ०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने सबै चार धाम तीर्थ यात्राका गइरहेको बताइएको छ । दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् । दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो । गहिरो खाडल र अन्धकारका कारण शव निकाल्ने तथा घाइतेहरुको उद्धार गर्न समस्या भएको थियो । घाइते ४ जनको स्थानीय…

Read More

कैलाली- कैलालीको धनगढीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडबाट स्थितकिराना पसलबाट प्रहरीलेि लागुऔषधसहित एक जना पक्राउ गरेको हो । विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बझाङको जयपृथ्वी नगरपालिका ३ घर भई धनगढी २ पुरानो भन्सार रोड स्थित किरना पसल गरी बस्ने वर्ष २३ वर्षीय उमेश धामीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनको किराना पसलबाट लागुऔषध खैरो हिरोइन ४४० मिलिग्राम सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदव्रकाश जोशीले बताए ।

Read More

आज – २३ जेठ २०७९ सोमवार । यस्तो छ आजको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ…

Read More

नवलपरासी- नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो । काम गरेर घर फर्किँदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको पाठकले बताए । उनका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

Read More

रुपन्देही- रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनामध्ये आठ जनाको पहिचान भएको छ । दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको ज्यान गएको हो । यस्तै भारतीय नागरिकहरू अरविन्द शर्मा र नागेन्द्र शर्मा र सञ्जय गुप्ताको ज्यान गएको हो । एक जनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरूको अवस्था सुधारिँदै गएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको…

Read More

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोजमा महाधिवेशन गर्ने भएको छ। उदयपुरको रौतामाइमा भएको १३औं केन्द्रीय कमिटीको बैठकले असोज १–८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने भएको हो । पार्टी विभाजनपछि महाधिवेशनको मिति तय भएको केन्द्रीय सदस्य शरद वलीले जानकारी दिए। चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित निर्णय पार्टी नेतृत्वले उल्लंघन गरेको भन्दै धर्मेन्द्र बास्तोला नेतृत्वमा नेकपा बहुमत गठन भएको छ। सो बैठकले महासचिव विप्लवको स्थानीय तह निर्वाचन उपयोग गर्ने प्रस्ताव असफल पारेको थियो। बैठकले पार्टी चुनावमा सहभागी नहुने तर एमसीसी विरोधी उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको थियो। तर विप्लव निकट नेताहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि विवाद…

Read More