Author: महेन्द्रनगर पोष्ट

कैलाली – कैलालीमा प्रहरीले हतियार देखाएर चालकमाथी आक्रमण गरी गएराति ब्यवस्थीतनगर बाट पल्सर मोटरसाइकल लुट्ने एक जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । पिडित पक्षले ईलाका प्रहरी कार्यालय लम्कीमा दिएको उजुरीका आधारमा अनुसंधानको क्रममा आज बिहान करीब १० बजेतिर लम्कीचुहा वडा नम्बर १ र तिनको सिमाना सेर्पासेन्टर कुन्टीखेत बाट सोहि ठाँउका लुटेर लगेको सु.प.प्र ०१–००१०–प ३२४१ नम्बरको मोटरसाइकल सहित सुनिल वि.क लाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घटनामा संलग्न अरुको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ । स्थायी घर टीकापुर भई हाल लम्कीचुहा ३ ब्यवस्थीतनगर शान्ती टोलमा डेरागरी बस्दै आएका रानीजमरा कुलरीया सिचाई आयोजना टीकापुरमा…

Read More

काठमाडौं – आज बिहीबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८ सय रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले ६७ स्थानमा फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी, अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ भने ४४ स्थानमा अग्रता बनाएको छ । यस्तै, १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम…

Read More

काठमाडौं – हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीको मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेल भने १४,९७६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १४,४१७ मत पाएका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले २३,००२ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १६,७३५ मत पाएकी छन् । वडातर्फ भने मिश्रित परिणाम आएको छ । हालसम्म हेटौडाका ११ वडाको नतिजा आएको छ भने ७ वडाको जारी छ । यस्तै वडा नम्बर १० को भने गणना हुँन बाँकी छ ।हेटौंडा उपमहानगरपालिकामा…

Read More

काठमाडौं – संविधानअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल आज जेठ ५ गतेदेखि सकिएको छ । यही प्रावधानअनुसार निर्वाचन आयोगले यथासम्भव छिटो नयाँ निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जेठ ४ गते जारी विज्ञप्तिमा भनिएको छ– जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी यथासम्भव निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन जारी गरिएको छ ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको भन्दै गठबन्धन कांग्रेस र माओवादीबीचमा मात्रै भएको बताएका छन् । उनले भने, हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन । धेरै ठाउँमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन रह्यो । महानगर र उपमहानगरकै कुरा गर्दा पनि गठबन्धनको मर्म अनुसारको मत आएको छैन । उनले भने, काठमाडौंमा हाम्रा उपमेयर उम्मेदवारको मत आउन सकेन । अहिले नै सबै विश्लेषण गर्ने बेला त भएको छैन तर गठबन्धनको नतिजाबारे गम्भीर समीक्षा गर्न जरूरी छ । उनले काठमाडौंसहित विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रताले नेपालका नेताहरूको ल्याकत देखाएको बताए ।…

Read More

सुन्सरी – धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क सम्पाङ राईले अग्रता बढाएका छन् । १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुर्याउँदा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत पाएकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् । हालसम्म धरानमा २९,४६६ मतगणना भएको छ ।

Read More

सर्लाही – सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी भएका हुन् । उनले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र पाए । उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी भएकी हुन् । उनले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो । तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन् । माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले…

Read More

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएका छन् । साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन् । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहेका छन् । निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन् । उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेका छन् । उनले पाँच हजार ३९५ मत प्राप्त गरेका छन् । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई…

Read More

सप्तरी –  सप्तरीको सुरूङका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका राम नारायण चौधरी र जनता समाजवादीका मोहम्मद साबीर अलीलाई ३ हजार बढी मतान्तरले हराउँदै नगर गीता नगर प्रमुखमा निर्वाचित भएकी हुन् । गीताले ७ हजार २९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ र जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए । यस्तै नगरपालिकाको उपमेयरमा नेकपा एमालेका सलीम कुमारी पासवान, माओवादी केन्द्रका शिव कुमार राम र एकीकृत समाजवादीका सुनिता कुमारी मुखियालाई हराउँदै नेपाली…

Read More