Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- भारतबाट कञ्चनपुरको दोधाराचाँदनीबाट निर्वाध रुपमा तस्करी भएर आइरहेको मल सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार सशस्त्र प्रहरीले महेन्द्रनगर बजारबाट तस्करीको अवैध मल बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार दोधाराचाँदनीबाट महेन्द्रनगर तिर आएको व्यवसायीको मल बरामद गरिएको छ । सुपप्र ०१००१ ख ३००६ नम्बरको १० चक्के ट्रकमा तस्करी हुन लागेको ७० बोरा अवैध मल सशस्त्र प्रहरीले बरामद गरेर भन्सार चलान गरेका छ । चालक दिपेन्द्रसिंह महरा र सह चालक भुपेन्द्र महरा पक्राउ परेका छन् । मलका तस्कर भन्दा पनि उक्त तस्करी गराउन प्रयोग भएका मजदुर फन्दामा परेका छन् । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले सशस्त्र…

Read More

दाङ- दाङमा १६ दिने शिशुको हत्या गरेको आरोपमा १५ वर्षकी एक कुमारी आमा पक्राउ परेकी छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरिया गाउँकी कुमारी आमाले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले १६ दिनको शिशुको हत्या गरेको आरोपमा ती कुमारी आमालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी किशोरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले बुधबार बिहान सेफ्टी ट्याङ्कीमा फालेर १६ दिने शिशुको हत्या गरेको दाङ प्रहरीले जनाएको छ । अवैध गर्भधारणबाट जन्मिएको शिशु धेरै रोएको र स्तनपान गराउँदा पनि रुन नछाडेपछि आवेशमा आएर सेफ्टी ट्याङ्कीमा लगेर फालेको किशोरीले…

Read More

बैतडी- बैतडीको सुर्नया गउँपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण गर्ने भएको छ । वडा कार्यालयमा बसेको जनप्रतिनिधिहरुको पहिलो बैठकले समाजिक सुरक्षा भत्ता टोलटोलमै गएर वितरण गर्ने निर्णय गरेको हो । जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाले पाउँदै आएको समाजिक सुरक्षा भत्ता अब टोलटोलमै गएर वितरण गरिने वडा अध्यक्ष शम्भु प्रशाद भट्टले जानकारी दिए । नागरिकहको टाढा गएर भत्ता बुझ्नु पर्ने बाध्यतालाइ मध्यनजर गरेर आफुहरुले टोलमै गएर भत्ता वितरण गर्ने निर्णय गरेका वडा अध्यक्ष भट्टले बताए । वृद्ध वृद्धाहरु, असक्त अपाँगता भएका नागरिकहरुलाइ सतबाँझ गएर भत्ता बुझ्न निकै समस्या हुने भएकाले उनीहरुको सजिलोका लागि यस्तो निर्णय…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले गर्भवती महिलाहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता महेन्द्र खड्काले बताए । घरमा नै प्रसुती गराउने कार्यलाई शूल्यमा पु(याउन प्रसुतीका बखत नगरभित्रका प्रसुती सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उनले बताए । बुधबार भीमदत्त नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगर कार्यपालिकाका निर्णय सार्वजनिक गरेको हो । नगरभित्रका ७५ वर्षमाथिका जेष्ठ नागरिकहरुको घरदैलामा गएर मासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । भीमदत्त नगरपालिकालाई दुव्र्यसनी मुक्त नगर…

Read More

बैतडी- बैतडीमा चितुवाले बाख्रा खान थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ८ को मल्लोढोलेमा फेरी चितुवाले तीनवटा बाख्रा खाइदिएको स्थानीयले बताएका छन् । स्थानीय प्रजापती मडैका अनुसार बुधबार स्थानीय लालसिंह बोहरा, प्रेम बोहरा र नरसिंह बोहराका घर नजिकै चराउन खोलेका बाख्रा चितुवाले खाएको हो । गत बिहीबार राति पनि वडा नं. ८ मै चितुवाले गोठबाटै एकजनाको खसी लगेको थियो । दुई महिनाको अवधीमा दुई दर्जन खसी बाख्रा चितुवाले खाइसकेको स्थानीयको भनाई छ । यसरी घरनजिकै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीय त्रसित बनेका छन् । अर्कोतर्फ मिहेनत गरेर पालेका खसी बाख्रा पनि चितुवाले खान थालेपछि…

Read More

कैलाली- डडेल्धुरामा हायस दुर्घटना भएको छ । धनगढीदेखि डोटी गइरहेको हायस केआइ सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सुपप्र ०१००१ख ३१०९ नम्बरको उक्त हायस दुर्घटनामा परि ९ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। तीमध्ये कैलालीको गोदावरी नगरपालिका–८ बस्ने कृष्णा अधिकारी गम्भीर घाइते भएकी छन् । उनलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ। अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ब्रेक फेल भइ अनियन्त्रित भएर उक्त हायस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ।

Read More

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मी बढेको भन्दै नगरपालिकाले जेठ २६ गतेदेखि २७ गतेसम्म सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। बुधवार एक सूचना जारी गर्दै नगरपालिकाले २७ गते सम्मका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ। पानी नपरेपछि तराईमा गर्मी अत्याधिक बढेको छ ।

Read More

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ । मृतकका आफन्तजन र प्रहरी प्रशासनबिच सहमति भएपछि शव उठाइएको हो । घटनाका सन्दर्भका आफन्तहरूको किटानी जाहेरी दर्ता गर्ने , शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ । पीडित परिवारका तर्फबाट मृतकका दाजु डम्बर शाही र जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्ट बिच लिखित सहमति भएको नेकपा एमाले पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए छन् । सहमति भएसँगै किशोरको शव पोष्टमार्टमका लागी मंगलसैन ल्याइँदै छ ।…

Read More

विराटनगर – प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको सुत्केरी विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ । मन्त्रालयले सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएको भन्दै बुधबार एक सूचना जारी गरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ । स्वास्थ्यकर्मीहरुले प्रसुति विदालाई बढाएर ६ महिना…

Read More