Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । विमानस्थल अस्तव्यस्त बनेको थियो । वस्तु फेला नपरेपछि करिब डेढ घण्टापछि विमानस्थल सञ्चालनमा आएको छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न लागिएको अन्तर्राष्ट्रिय उडानको तयारीबारे जानकारी लिएका छन् । विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए । गृहमन्त्री खाणलाई आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी दिएको केसीको भनाइ छ । केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने छ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको केसीले बताए । निरीक्षणको क्रममा मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थानको तयारीबारे पनि केसीसँग जानकारी लिएका थिए ।

Read More

भोजपुर- एघार वर्षीया बालिकालाई यौन दुर्व्यव्यहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुर्व्यव्यहार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

नवलपरासी- लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। उनका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको लहर डरलाग्दो रूपमा फैलिँदा पनि कसैले चुनावी मुद्दा नबनाएको भन्दै असन्तुष्टि जनाएका छन् । आज (बुधबार) बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले संविधानले नै निषेध गरेको सङ्गठित धर्म परिवर्तन रोक्न कुनै पनि स्थानीय तहका उम्मेदवारका प्रतिबद्धतामा नपरेको बताएका छन् । ‘धर्म परिवर्तनको डढेलो देशभर डरलाग्दो रूपमा फैलिरहेको छ। तर,कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्’, उनले लेखेका छन्, ‘संविधानले नै निषेध गरेको प्रलोभन र भ्रममा पारेर गरिने सङ्गठित धर्म परिवर्तन आफ्नो पालिकामा रोक्छौँ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।’

Read More

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलमा हंगामा भएको थियो । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको बताएपछि आन्तरिक उडान बन्द गरेर सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरेको थियो । विमानस्थलमा त्यस्तो शंकास्पद वस्तु फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पुष्टि भएको हो । ‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र…

Read More

काठमाण्डौं – चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । थप शक्ति परिचालन गरेर सो बाघलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उनले जानकारी दिए। बाघ…

Read More

काठमाडौँ- निर्वाचन आयोगले शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताएको छ । स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाेमा हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए । आयोगले आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शङ्कास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडान बन्द गरिएको छ । आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ भने अन्तर्राष्ट्रिय उडानहरु जारी रहेका छन् । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

Read More

नवलपुर – पूर्वी नवलपुरको हुप्सेकोट गाउँपालिकाकी पालिका प्रमुख पदका लागि कांग्रेस उम्मेदवार लक्ष्मी पाण्डेमाथि सांघातिक आक्रमण भएको छ । हुप्सेकोटको वडा नं. ४ को चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा एमाले उम्मेदवार चेत बहादुर राणाका पारिवारिक सदस्य उनका भाईसहित एमाले कार्यकर्ताहरूले भौतिक आक्रमण गरेको स्थानीय कांग्रेस कार्यकर्ताले बताए । पाण्डे झ्यालबासबाट चुनावी कार्यक्रम सकेर निवासतर्फ फर्कँदै गर्दा हमला भएको जनाइएको छ । आक्रमणबाट पाण्डे सामान्य घाइते भएकी छिन् भने उनी सवार गाडी क्षतिग्रस्त भएको छ । आक्रमणकारीले छड, लाठी, भाला, खुकुरी लिएर आएको हुनाले ज्यान नै लिने उद्देश्यसहित आएको पनि ती कार्यकर्ताले दाबी गरे । निर्वाचन प्रचार प्रसारका क्रममा रहेकी…

Read More