Author: महेन्द्रनगर पोष्ट

बझाङ –बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन् । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ । मृतक बोहराका एक छोरा एक छोरी रहेका छन् । बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलनका लागि लेकतर्फ गएका छन् ।

Read More

बैतडी- जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । बिहीबार नेपाली कांग्रेसको कार्यालयमा बसेको दुवै दलको बैठकले जिल्ला समन्वय समितिको नेतृत्वका लागि गठबन्धन गरेर जाने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । नेपाली कांग्रेसले प्रमुख पद सहित २ जना महिला सदस्य, २ जना खुला सदस्य र एक जना दलित सदस्य लिने सहमति भएको छ भने माओवादी केन्द्रले उपप्रमुख पद सहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ । जिल्ला समन्वय समितिको प्रमुखका लागि नेपाली कांग्रेसले जिल्ला उपसभापति खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ…

Read More

डडेल्धुरा- जिल्ला समन्वय समिति (जिसस) डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । मुख्य निर्वाचन कार्यालय डडेल्धुराका अनुसार शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् । जिसस सदस्यमा लिला धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध निर्वाचित भएका छन् । उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाले पनि कार्यपालिकाका सबै बैठक ‘लाइभ’ गर्ने भएको छ। धनगढीका नगरप्रमुख गोपाल हमालले निर्णय प्रक्रियालाई पारदर्शी बनाउन कार्यपालिका बैठक लाइभ गर्ने निर्णय भएको बताए । शक्रबार भएको कार्यपालिका बैठक उपमहानगरले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ गरेको छ। अर्को बैठक सोमबारका लागि बोलाइएको छ। यसअघि सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरेका थिए । महानगरले पहिलो वैठक लाइभ गरेको थियो

Read More

कञ्चनपुर- कञ्चनपुरको सीमा क्षेत्र अन्तर्गत पर्ने दोधारा–चाँदनी नगरपालिका– ३ जमुनाघाडीमा भारतीय सुरक्षा बल (एसएसबी)ले वृक्षारोपण गर्ने प्रयास गरेको छ । नेपाली भूमि अतिक्रमण गरी वृक्षारोपण गर्ने भारतीय योजनाको स्थानीय नेपालीको विरोधपछि रोकिएको छ। नेपाली पक्षको अवरोधपछि नेपाली भूमि मिचेर वृक्षरोपण गर्ने भारतीय प्रयास रोकिएको प्रहरीले जनाएको छ। भारतीय पक्षले पटकपटक नेपाली भूमि अतिक्रमण गर्नेदेखि हस्तक्षेप गर्दै आएको छ। स्थानीयको विरोधपछि सशस्त्र प्रहरीले भारतीय पक्षले वृक्षारोपणका लागि गाडेको पोल उखेलेको थियो।

Read More

बैतडी- बैतडीमा चितुवाले फेरि आतङ्क मच्चाउन थालेको छ। जिल्लाको सुर्नया गाउँपालिका ८ को मल्लोढोलेमा चितुवाले आतङ्क मच्चाउन थालेको स्थानीयले बताएका हुन्। रातिको समयमा चितुवा बथानसहित गाउँ पसेर आतङ्क मच्चाएको स्थानीयले बताए। बिहीबार राति चारपाँच ओटा चितुवा समूहमा आएर गोठबाटै एकजनाको खसी लगेको थियो । चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । जंगलबाट चितुवा गाउँमा पसेपछि स्थानीयहरु त्रसित बनेका छन् बैतडीमा समय समयमाचितुवाले आतङ्क मच्चाउने गरेको छ ।

Read More

कैलाली- कैलालीको जोशीपुर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । गाउँपालिकाले संघीय सरकारले आइतबार दिने भनेको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो । जेठ १९ गते बसेको जोशीपुर गाउँपालिकाको कार्यपालिका बैठकले आइतबारको बिदा कटौती गर्दै जेठ २२ गतेदेखि लागु हुने गरी कार्यालय, विद्यालय सञ्चालन गर्न आदेश दिएको छ । निर्णयमा लेखिएको छ, ुआइतबार देखि बिहीबार कार्यालय समय बिहान १० बजे देखि ५ बजे सम्म र शुक्रवार बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय सञ्चालन हुने छ।’

Read More

कैलाली- कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिकाका २६ वर्षीय दोगेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गाउँपालिकाको वडानम्बर ६ खेतबारीमा घाँस काट्ने क्रममा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसअघि गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो । बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टी विभाजन गर्नेहरूलाई…

Read More

दार्चुला – दार्चुलाको जिल्ला अस्पतालमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ । मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भएको छ । झाडापखालाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सुचना अधिकारी भट्टले बताए । निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको पाइएको छ…

Read More