Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ। मेयरमा गठबन्धनबाट कांग्रेसका बिरेन्द्र भट्टले १२ हजार ६५३ मतसहित अग्रता कायम गरेका छन् । यस्तै उनलाई पछ्याईरहेका एमालेका गोकर्ण भट्टले ८ हजार ४१६ मत ल्याएका छन् । दुवैबीचको अन्तर ४ हजार २३७ पुगेको छ । यस्तै उपमेयरमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीकी रत्ना कडायतले अग्रता लिएकी छन् । कडातले ८ हजार १७ मत ल्याउँदा एमालेकी शारदा रोकायाले ७ हजार ९४२ मत ल्याएकी छन् ।

Read More

कैलाली- कैलाली स्थानीय तह निर्वाचन अन्तर्गत सुदूरपश्चिमका ८८ पालिकामध्ये ५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसमध्ये अहिलेसम्म नेपाली कांग्रेसले २३ स्थानीय तहमा जितेको छ । यस्तै नेकपा एमालेले २० र नेकपा माओवादी केन्द्रका उम्मेदवार ११ पालिकामा जितेका छन्। एउटा पालिकामा भने स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् । एकीकृत समाजवादीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । प्रदेशका केही पालिकामा मतगणना सुरु हुन नसकेको छैन भने केहीमा गणना कार्य जारी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः१- डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद२- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया३- बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद४-…

Read More

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी भएका छन् । विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भए । त्यस्तै उपमेयरमा विजयी थापाले ४ हजार २ सय ३३ मत ल्याइन् । उनका प्रतिस्पर्धी राधिकाकुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याइन् । ९ वटा वडा रहेको बडिमालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा नेपाली काँग्रेसले जितेको छ । २०७४ सालको स्थानिय चुनावमा नगरप्रमुख र उपप्रमुख दुबै…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । उनले थप अग्रता बढाउँदै लगेका छन् । १७ हजार १ सय ५९ मतगणना हुँदा उनले ७ हजार ८ सय १६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८ सय ७१ मत पाएका छन् । हमाल वड भन्दा ३ हजार ९ सय ४५ अगाडि छन् । यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९ सय २१ मत पाएका छन् । त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४ सय १६, एमालेकी कन्दकला रानाले ३ हजार ३ सय ७ र स्वतन्त्र उम्मेदवार…

Read More

दार्चुला – दार्चुलामा राजनीतिक रुपमा उच्च अहोदामा बसेका व्यक्ति वडा सदस्यमै पराजीत भएका छन् । वडा सदस्य हुँदै जिल्ला समन्वय समितिमा आउने चाहना बनाएर वडामा लगेका उनीहरु सदस्यमै पराजीत भएका हुन् । अहिलेका निर्वतमान जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की वडा सदस्यमा पराजीत भए । दुहुँ गाउँपालिका ४ बाट उम्मेदवार बनेका कार्कीको वडामा एमालेले पूरै प्यानल विजयी गरायो । नेकपा माओवादी केन्द्रका महाकाली नगर कमिटी अध्यक्ष गणेशसिह खत्री वडा सदस्यमा पराजीत भए । महाकाली नगरपालिका वडा नम्बर ५ मा नेपाली काग्रेसको चुनाव चिन्ह लिएर चुनावमा गएका खत्री पराजीत भए । खत्री यसअघि नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थिए ।…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृत राजेन्द्र भण्डारीको कार्यकक्षमा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध गर्दा मतगणना स्थगित भएको हो । स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकटका मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएकाले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका एमालेले गरेको छ । सत्तारुढ गठबन्धनले चुनावमा धाधँली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यालयमा फेला परेको भन्दै विरोध जनाएको छ । गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले समेत मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको स्विकार गरेका छन् । तर कहाँबाट कसले ल्याएर…

Read More

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठककाे अवरोध हटाएको छ । नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हाे । आजकाे बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गरेका छन् । उनले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशन हुने भएको छ । आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएका छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४१९७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १८ जना संक्रमणमुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा १४९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले ११४३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६२५८ मत पाएका छन् । स्थापित र साह बीचको मतान्तर ५१७६ देखिएको छ । यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएकी छन् ।

Read More

दार्चुला – स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि दार्चुलाका ९ वटा पालिकाको नतिजालाई विश्लेषण गर्ने हो गठबन्धनले खासै प्रभाव पारेको देखिन्न । केही पालिकाका सत्तारुढ गठबन्धनका बाबजुद एमालेले शानदार जित हासिल गरेकोमात्र होइन, विगतमा नेपाली काँग्रेसले जितेका पदमा समेत बाजी मारेको छ । केही पालिकामा भने गठबन्धनका कारण एमालेले आफ्नो वर्चश्व गुमाउनु परेको देखिन्छ । यतिमात्र होइन, गठबन्धन घटक बीचको तालमेलबाट फाइदा हुन्छ भन्ने भ्रम पनि काँग्रेसको हकमा तोडिएको उदाहरण दार्चुलाकै व्यास गाउँपालिकाको मत परिणामले दिएको छ । अपिहिल गाउँपालिका:अघिल्लो निर्वाचनमा पराजित भएकाहरु गठबन्धनको बलमा निर्वाचितअपिहिमाल गाउँपालिकामा सत्तारुढ गठबन्धनले नेकपा एमालेको वर्चश्व तोडेको छ । २०७४ सालको निर्वाचनमा…

Read More