Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । घटनास्थ मुस्ताङको थासाङ गाउँपालिका–२ सानोश्वरेमा फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम पुगेको हो । टोलीले शव संकलन गर्न सरु गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् ।

Read More

धनुषा- आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ । जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । दुर्घटनाग्रस्त जहाजमा १३…

Read More

काठमाडौं- आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटना भएको अवस्थामा मुस्ताङमा फेला परेको छ । जिल्लाको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । मुस्ताङ प्रहरीका अनुसार विमान दुर्घटना स्थलबाट यार्सागुम्बा टिप्नेहरुले विमानको तस्बिर खिचेर पठाएका थिए । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको हो । नेपाली सेनाले सार्वजनिक गरेको तस्बिरमा विमान टुक्रा–टुक्रा भएको देखिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु र चालक…

Read More

काठमाडौं- आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटना भएको अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त तारा एयरको जहाज मुस्ताङ जिल्ला खासाङ गाउँपालिका वडा नं २ शनिश्चरेमा भेटिएको नेपाली सेनाले जनाएको छ । जहाज सोमबार विहान ७ः२० बजे भेटिएको हो । नेपाली सेनाले विमान दुर्घटना भएको तस्बिर सार्वजनिकसमेत गरेको छ । विमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ। नेपाली सेनासाथै अन्य सुरक्षाकर्मी र स्थानीयको टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको हो । सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो । मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । थप विवरण…

Read More

काठमाडौं- आइतबार विमानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटना स्थल भेटिएको नेपाली सेनाले जनाएको छ । आइतबार बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो । मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । त्यसपश्चात नै नेपाली सेनाले ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ । थप विवरण केहीछिनमा आउने सेनाले जनाएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौं- आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन । विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए । खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताएका छन् । नेपाली सेनाका अनुसार मानापाथी हिमालको…

Read More

कैलाली- सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ । प्रस्तुत बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै योजनाहरु समेटिएका छन् । जसमध्ये प्रदेशकै लागि महत्वपूर्ण योजना गेटा मेडिकल कलेजलाई आर्थिक वर्ष २०७९÷८० भित्रै सञ्चालन गर्ने भनिएको छ । यद्यपि यसमा बजेट भने तोकिएको छैन । सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई समेत गेटा मेडिकल…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । नगरपालिकाको कार्यापालिकाका लागि सदस्य छनोट गरिसकेपछि कार्यपालिकाले पूर्णता पाएको हो । नयाँ जनप्रतिनिधि चुनिएको १५ दिनभित्र नै आफूहरुमध्येबाट निर्वाचित महिला सदस्य र दलित तथा अल्पसंख्यक समुदायबाट छुट्टै सदस्य छनोट गर्नुपर्ने प्रावधान अनुसार ५ जना महिला सदस्य र ३ जना दलित सदस्य छनोट गरिएपछि नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोदावरीका ५ महिला सदस्य र ३ दलित सदस्य निर्विरोध चयन भएका छन् । नगरपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा ३ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । निर्विरोध निर्वाचित हुने तिनै जना नेपाली कांग्रेसका…

Read More

काठमाडौं- आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान अझै भेटिएको छैन । उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य आइतबारका लागि स्थगित गरिएको छ । खोजीकार्य सोमबार बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः सुरु हुने उनले बताए । उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार…

Read More