Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका ५ स्थित भानोदय मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया रोकिएको छ । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुंगा हानाहान भएपछि मतदान केन्द्रका सामग्रीहरु तोडफोड भएका छन् । मतदान प्रक्रिया अगाडि बढाउन अहिले दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको बताइएको छ ।

Read More

कैलाली- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि धनगढीबाट डडेल्धुरातर्फ गएका छन् । धनगढीमै रहेका देउवा नेपाली सेनाको हेलिकप्टरबाट डडेल्धुराको रुवाखोलाका लागि गएका हुन् । देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नेछन् । यसअघिको निर्वाचनमा पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

Read More

बारा- मतदानको क्रममा बारामा झडप भएको जिल्लाको देवताल गाउँपालिका वडा ७ स्थित मतदानस्थलमा झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा १ जनाको टाउको गम्भीर चोट लागेको स्थानीयले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

Read More

बझाङ- बझाङका दुई मतदानस्थलमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल नगरपालिका–८ महादेव माविको मतदानस्थल नजिक शंकास्पद वस्तु भेटिएको हो । नारायणवी मावि पिमीको मतदान केन्द्रमा भेटिएको ्प्रेसकुकर बम जस्तो देखिने उक्त बस्तु निष्कृय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ । महादेव मावि अठपाली मतदानस्थल नजिकै बाटोमा पनि रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको हो । त्यहाँ पनि सो वस्तु स्किृय पार्नका लागि नेपाली सेना खटिएको बझाङ प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा नेपालमा मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, दिउँसो प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, राति प्रदेश नं. १ मा सामान्य बदली र देशका…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनको मतदान देशभर एकैसाथ सुरु भएको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक एकैपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । अघिल्लो २०७४ को स्थानीय तहको निर्वाचन दुई चरणमा गरिएको थियो । निर्वाचनमा देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् । आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार…

Read More

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । एक अपिल जारी गर्दै गृहमन्त्री खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आग्रह गरेका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने आग्रह गरेका छन् । उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचन आज हुँदैछ । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर एकसाथ मतदान गरिँदैछ । विहान ७ बजेदेखि सुरु हुने मतदानका लागि निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाएको छ । मतदानमार्फत जनताले शुक्रबार जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । हालसम्म निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेरजम्म ३९० जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट निर्धारण गरिएका छन् । जहाँ एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका…

Read More

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर -५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए । दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको उनले बताए । अपरिचित समूहले घरको कम्पाउण्ड भित्र दुई वटा बम फ्यालेर भागेको डिएसपी आर्यलले बताए । यसले कुनै मानवीय र भौतिक क्षति भने नभएको उनले बताए ।

Read More