Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका १२ वटा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीले प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएर चालकलाई सम्झाइबुझाइ गरी छाडिएको जनाएको छ । कतिपय सरकारी गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाएपछि स्थानीय प्रशासनले त्यसमा कडाई गर्न सुरु गरेको हो । बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइने व्यवस्था छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनीका सक्रिय पत्रकार पप्पु गुरुङ्गमाथि कुटपिट भएको छ । स्थानीय भुपेन्द्र ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखिएको विषयलाई लिएर पत्रकार गुरुङ्गमाथि कुटपिट गरेका हुन् । शनिबार पत्रकार गुरुङ्गकै कार्यालय दोधाराचाँदनीमा कुटपिट गरिएको घाइते पत्रकार गुरुङ्गले बताए । पत्रकार गुरुङ्गले आफुमाथि भुपेन्द्र ओलीले र श्रीमती रन्तादेवी ओली कार्यालयमा आएर कुटपिट गरेको बताए । उनले आफूलाई कुटपिट गरेर, क्यामेरा, फोन र कार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् । ओली दाम्पतीको कुटपिटबाट पत्रकार गुरुङ्ग घाइते भएका छन् । पत्रकार गुरुङ्गमाथि कुटपिट भएको विषयमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । पत्रकार महासंघ कञ्चनपुरले घटनाबारे भत्र्सना गर्दै दोषी उपर कारबाहीको माग गरेको छ…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र खड्का प्यानलसहित विजयी भएका छन् । उनी १३५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७५१ मत पाए । राप्रपाका उम्मेदवारले ५२५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २४९ मत पाए ।

Read More

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा हेलो मेयर कार्यक्रम सुरु हुने भएको छ । नवनिर्वाचित नगर प्रमुख पुस्करराज जोशीले पदभार ग्रहण गर्दै हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका बताएका हुन् । नागरिकहरुका गुनासो सुन्न हरेक बैतडीशुक्रबार ३ देखि ५ बजेसम्म नगर प्रमुखलाई सिधै गुनासो राख्न सक्ने नगर प्रमुख जोशीले बताए । उनले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राख्ने बताएका छन् । नगरप्रमुख जोशीले शुक्रबार पद तथा गोपनियताको सफथग्रहण गरेका थिए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेसका प्रेमबहादुर भण्डारी ६६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नविनसिंह कोलीले ६१० मत ल्याएर पराजित बने । यस्तै सम्पूर्ण वडा सदस्य पनि काँग्रेसबाट विजयी भएका छन् ।

Read More

बैतडी- बैतडीका विभिन्न ठाउँहरुमा शुक्रबार आएको हावाहुरीसँगैको असिनापानीले तरकारीमा क्षति गरेको छ । बन्दा काउली, टमाटर, आलुखेती लगायतका तरकारीहरु नष्ट गरेको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका, दशरथचन्द, नगरपालिका, पाटन, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका सुर्नया गाउँपालिकाका विभिन्न ठाउँहरुमा असिनापानीले कृषिबालीमा क्षति पुर्याएको स्थानीयहरुले बताइका छन् । हावाहुरीले जिल्लाका केही ठाँउका घर विद्यालय गाउँघर स्वास्थ्य क्लिनिक भवनको छानो समेत उडाएको बताएको छ ।

Read More

मकवानपुर- मकवानपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको गाडी जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौँडा अस्पतालमा पुर्याइएका तीन जना र एक जनाको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । जिल्लाको कृष्णपुर–४ मा आफ्नै देवरबाट महिला कटिएकी हुन् । कुटपिटबाट महिलाको टाउको र शरीरमा चोटपटक लागेको छ । उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहको छ । एकल महिलासमेत रहेकी महिलाले माइती देउताको बोक्सी लगाएको भन्दै लामो समयदेखि आफूमाथि कुटपिट हुँदै आएको बताएकी छन् । घरमा काम गर्दै गरेको अवस्थामा गाली गर्दै एक्कासी देवरले भाटाले आक्रमण गरेपछि आफू बेहोस भएको उनको भनाइ छ । पीडित महिलाका दुई छोरी र एक छोरा छन् । ठाडो उजुरीका आधारमा कुटपिटमा संलग्न व्यक्तिलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये अहिलेसम्म ८१ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ३६ पालिकामा विजयी हुँदै नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ भने २४ पालिकामा जित निकाल्दै एमाले दोस्रो र १४ पालिकामा जित निकाल्दै नेकपा माओवादी तेस्रो स्थानमा रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवार १ पालिकामा विजयी भएका छन् ।प्रदेशका ७ पालिकामा अझै नतिजा आउन बाँकी छ । जस मध्ये ४ पालिकामा अहिले कांंग्रेसले अग्रता कायम गरेको छ । कञ्चनपुरका पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र अछामको साँफेबगर नगरपालिकामा कांग्रेस अगाडि छ । प्रदेशको एक मात्रै महानगरपालिका धनगढीमा…

Read More

कैलाली- काठमाडौंमा ८ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा शनिबार कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ । युवतीहरुको समूहले धनगढीको चौराहाबाट एलएन चोक हुँदै मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । सडकदेखि सदनसम्म बलात्कारको विषय उठेपछि प्रहरीले पनि यसतर्फ चासो दिएको छ । प्रहरीले बलात्कार आरोपी एक जनालाई पक्राउसमेत गरिसकेको छ ।

Read More