Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेल्धुराबाट राजधानी काठमाडौं फर्किने भएका छन् । उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार चुनावी सभामा सहभागी हुन सोमबार गृहजिल्ला डडेल्धुरा पुगेका देउवा अब चुनावमा मतदान गरेपछि मात्रै काठमाडौं फर्किने भएका हुन् । देउवाले आज जिल्लाका दुई ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More

कञ्चनपुर- आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा आजदेखि मदिरा विक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आजबाट मदिरा विक्री वितरणमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै २७ गते (आज) राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको छ । सूचनाविपरीत काम गरे वा गराइएको पाइए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Read More

बाजुरा- आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागिग बाजुरामा आजदेखि मदिरा विक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै आज राति १२ बजेदेखि मदिरा विक्री वितरण गर्न नपाइने जनाएको हो । मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको प्रशासनले जनाएको छ ।

Read More

डडेल्धुरा- गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दुई आमसभालाई सम्बोधन गर्ने भएका छन् । उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराले जनाएको छ । प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने जनाइएको छ । सोमबार साँझ गृहजिल्ला पुगेका प्रधानमन्त्री देउवाले गृहपालिका गन्यापधुरा–२ बडालको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Read More

कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको सोमबार राति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी कुर्मीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १ बजेतिर मृत्यु भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढने उनले बताए ।

Read More

कोलम्बो- श्रीलंकामा हिंसात्मक झडप भएका छन् । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका हुन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए । प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसद अमरकिर्थी अथुकोरालाकोसमेत मृत्यु भएको छ ।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ ।मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Read More

बाँके- बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । सोमबार राप्तीसोनारी गाउँपालिका–८ गल्ली कुटानमा भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र २५ वर्षीय किशोर बसौली छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Read More

काठमाडौं- आसन्न वैशाख ३० गतेदेखि हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज (मंगलबार) मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि आयोगले मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । साथै उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ । दूरसञ्चार प्राधिकरणलाई नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल निर्देशन दिएको छ । –मौन अवधिमा के गर्न पाइँदैन ?मौन…

Read More

बैतडी- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बैतडीमा साढे २ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ । बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन्…

Read More