Author: महेन्द्रनगर पोष्ट

कैलाली- भ्रष्टाचार मुद्दा खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका उनले सोमबार जिल्ला अदालत कैलालीमा सपथ लिएका हुन् । उनलाई कैलाली जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले सपथ खुवाए । यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशनसमेत दिएको थियो । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको भएपनि कानूनले सपथ खुवाउन मिल्ने अवस्था देखिएपछि खुपथ खुवाइएको मुख्य निर्वाचत अधिकृत पनेरुले बताए । उनका अनुसार कानून अनुसार सपथ खुवाइएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवनिर्वाचित अध्यक्ष उपाध्यायलाई निलम्बन गर्नेछ । तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला…

Read More

अछाम- अछामको साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । एमाले नेता डा. भीम रावलको गृहनगरसमेत रहेको साँफेबगरको प्रमुखमा कांग्रेसका कुँवर विजयी भएका हुन् । कांग्रेसका कुँवरले ७ हजार २६५ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वी एमालेका पशुपति कुँवरलाई पराजित गरे । पशुपतिले ५ हजार ३९ मत ल्याइन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । उनले ६ हजार ४३४ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरे । यसअघिको निर्वाचनमा नगरप्रमुख र उपप्रमुखसहित ८ वडा एमालेले जितेको थियो भने ६ वडा कांग्रेसले जितेको थियो ।…

Read More

डोटी- सुन्दा पनि अचम्म लाग्न सक्छ डोटीको पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन्। यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन्। उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन्। तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन्। दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ। कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैरदलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन् । दलित र गैर दलितको खाने पानीको धारा फरक–फरक रहँदा लजास्पदको कुरा रहेको दलित अगुवाको भनाइ छ।…

Read More

अछाम- अछाममा नेकपा एमालेको तर्फबाट एक्ली वडा अध्यक्षकी उम्मेदवार स्वतन्त्र उम्मेदवारसँग पराजित भएकी छन् । जिल्लामा रहेका ९१ वडा मध्ये साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा एमाले उम्मेदवार दुधकला बिष्ट स्वतन्त्र उम्मेदवार मीन बोहरासँग गोला प्रथाबाट पराजित भएकी हुन् । दुबै उम्मेदवारको मत संख्या २२७÷२२७ बराबर भएपछि गोला प्रथाबाट टुंगो लागेको हो । एमाले उम्मेदवार हारेको वडा नेकपा एमालेका नेता डाक्टर भिम रावलको वडा हो ।

Read More

काठमाडौँ– नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परीक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौ ।’ निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे ।

Read More

काठमाडौँ – सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले आफूलाई उद्घाटन तथा स्वागत सम्मान जस्ता कार्यक्रममा नअल्झाउन नगरबासीलाई आग्रह गरेका छन् । आफूले प्राप्त गर्नुपर्ने सम्मान चुनावमा धगढीबासीले दिएको मतबाट पाइसकेको अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै हमालले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीबासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण…

Read More

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा एक मतदानस्थलमा नेकपा एमालेका नेताको सक्रियतामा व्यापक धाँधली भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो आरोप लगाएका हुन् । उनले बुढीगंगाका २, ३, ५ र ९ नम्बर वडामा एमालेले बुथ कब्जा गरेको आरोप लगाए । ‘पूरै बुथ कब्जा गरियो, सुरक्षा निकायसम्म बस्न नसक्ने अवस्था बनाइयो, त्यसको एमालेको केन्द्रीय तहकै नेता जुन त्यही नगरपालिका बासिन्दा पनि हुनुहुन्छ,’ उनले भने, ‘त्यहाँको निर्वाचन अधिकृतले धाँधली भएको कुरालाई सम्हाल्न नसकिने भएपछि छाडेर जानुभो । जबर्जस्ती फर्काएर लगियो । आफैले बोकेर मतपेटिका न सुरक्षा न अरु दलका प्रतिनिधि…

Read More

कञ्चनपुर- कञ्चनपुरको सीमानाका ४ दिन बन्द हुने भएका छन् । भारतको चम्पावत विधान सभा– क्षेत्र– ५५ को उपनिर्वाचनका लागि सीमा नाका बन्द गरिन लागेको हो । जेष्ठ १७ गते हुने उपनिर्वाचनका लागि जेष्ठ १४ गते बेलुकी ५ बजे देखि जेष्ठ १७ गते बेलुकी ५ बजेसम्म चम्पावत जिल्लासंग सीमा जोडिएका क्षेत्रका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी सूचनामा उक्त अवधिमा स्वास्थ्य उपचार लगायत अन्य अत्यावश्यक सेवाको लागि भने अनुमति प्राप्त हुने उल्लेख गरिएको छ ।

Read More