धनगढी: कञ्चनपुरमा प्रहरीले हालसम्मकै ठूलो जुवाखालमा छापा हानेर १३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार १३ जनालाई समातेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी रविन्द्र केसीले जानकारी दिए। उनका अनुसार भीमदत्त नगरपालिका वडा न.१ रौटेलाबाट उनीहरू समातिएका हुन्। उनीहरूबाट ४ लाख ७४ हजार ९८ रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ। यस्तै आजै उता बेदकोट नगरपालिका-७ सुडाबाट पनि ४ जना जुवाडे समातिएका छन्। उनीहरूबाट २६ हजार २५० रुपैयाँ बरामद गरिएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: फाइनलमा नेपाललाई २-१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि बङ्लादेशले जितेको छ। बङ्लादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बङ्लादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन्। नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन्। तीनै गोल दोस्रो हाफमा भएको हो। खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बङ्लादेशलाई अग्रतामा राखेकी थिइन्। कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन्। तर नेपालले चार मिनेटमै गोल फर्कायो। नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन्। प्रीति…
काठमाडौं: साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध फेरि अग्रता लिएको छ। १-१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरेको हो। बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो।
काठमाडौं: दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशविरुद्ध नेपालले बराबरी गोल फर्काएको छ। बंगलादेशले अग्रता लिएको ४ मिनेटमै नेपालले बराबरी गोल फर्काएको हो। नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन्। यसअघि बंगलादेशले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।
काठमाडौं: नेपाली सेनाले नौ महिने आधारभूत सैन्य तालिम पुरा गरेका १०५ सैन्यलाई सिपाहीमा दीक्षित गरेको छ। श्री देवीदल गण तेघरी कैलालीमा आयोजित सैन्य आधार तामिल दिक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्। गणमा सञ्चालित सिसं ५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज समारोहमा सुदूरपश्चिमका पृतनापती उपरथी प्रकाश देउजाले उनीहरूलाई दीक्षित गरेका हुन्। दीक्षित भएका सैन्यहरूले देश र जनताका नाममा सपथ लिएका थिए। दिक्षान्त समारोहमा बोल्दै पृतनापती देउजाले सैन्यहरुलाई विधिवद्रुपमा नेपाली सेनामा स्वागत गर्दै कर्तव्यनिष्ट रहेर देशको सेवामा खटिन निर्देशन दिए। यस्तै उनले दृढ संकल्पका साथ राष्ट्र सेवामा समर्पित हुन आग्रह गरे। उक्त समारोहमा तालिमका क्रममा उत्कृष्टता हासिल गरेका ७ सैन्यलाई पुरस्कृतसमेत…
काठमाडौं: अस्ति आइतबार नेपाल प्रहरीको डीआईजीबाट एआईजी पदमा बढुवा भएकी किरण राणा भोलिबाट अनिवार्य अवकाशमा जान लागेकी छन्। उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा जान लागेकि हुन्। उसो त उनी राजनैनिक पहुँचका भरमा अस्ति बढुवा भएर हिजो (मङ्गलबार) मात्र दर्ज्यानी चिन्हबाट सुशोभित भएकी थिइन्। हिजो उनी र अर्का बढुवा भएका एआईजी डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १३ गतेको निर्णयअनुसार उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। राजनैनिक पहुँचका भरमा बढुवा पाएको भन्दै…
धनगढी: कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानुन विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ। प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि आग्रह गरेको छ। प्रशासनले तोकेको समय भन्दा बढि…
काठमाडौं: नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। सहमति जुटेमा आजै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो। स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्। गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने चन्द कोशी प्रदेश प्रहरी कार्यालको प्रमुख छन्। यस्तै हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल भने ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छ्न्। यस्तै डीआइजीमा पनि बढुवा गर्ने विषयमा लगभग सहमति जुटिसकेको र आजै बढुवा निकाल्ने गरि प्रहरी प्रधान कार्यालय र गृह…
धनगढीः सुदूरपश्चिमको तीन जिल्लाबाट २६ जुवाडे पक्राउ परेका छन्। कैलाली, कञ्चनपुर र बझाङबाट २६ जना जुवाडे पक्राउ परेका हुन्। कैलालीको गोदावरी नगरपालिका–८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा भुलसहित ९ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो। उनीहरुलाई नगद ६१ हजार २३०, २ गड्डीतास र बागमती प्रदेश ०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ गरेका हो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाँउ स्थित ३२ वर्षीय भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा घटालसहित १२ जना पक्राउ पेरका छन्। यी १२ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ८२ हजार ३२२ र ६ गड्डी ताससहित…
धनगढीः कञ्चनपुरमा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३१ वर्षीय अमितकुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ४० वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट एक सय १८ ग्राम तीन सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आइबिआरडीबाट खटिएको सयुक्त प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई कञ्चनपुरको पुनरवास नगरपालिका–३ आइबिआरडीबाट पक्राउ गरिएको हो। प्रहरी टोली खटिएको समयमा उनीहरु दुबै जना आइबिआरडीमा बसिरहेका थिए। उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा अमितकुमारको साथबाट लागूऔषध बरामद…