Author: महेन्द्रनगर पोष्ट

धनगढी- कैलालीमा गठबन्धनविरुद्ध ८ जना बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । बागी उम्मेदवारले पार्टीकै चुनाव चिन्हमा भोट मागिरहेका छन् । भागबण्डामा माओवादीलाई परेको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसबाट राजसमझ चौधरी चुनावी मैदानमा छन् । उनले रुख चिह्नमै भोट मागिरहेका छन् । पार्टीको आधिकारिक पत्रबाट उम्मेदवारी दिएका उनले उम्मेदवारी फिर्ता नगरेपछि रुख चिह्न नै पाएका हुन् । तर काङ्ग्रेसले भने उनलाई आफ्नो आधिकारिक उम्मेदवार नभएको जनएको छ। यस्तै, चुरे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर रजवार, उपाध्यक्षमा डिला सिजापती र एकीकृत समाजवादीका कृष्णकुमार खत्री बागी उम्मेदवार बनेर भोट मागिरहेका छन् । कैलारी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मी सत्गौवा, माओवादी केन्द्रबाटै गोदावरी नगरपालिकाको…

Read More

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने कार्यक्रम छ । उनको भ्रमण केही घण्टाको मात्रै हुने बताएइको छ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

Read More

काठमाण्डौँ– १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोली घोषणा गरिएको छ । अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा नेपाल क्रिकेट सङ्घ क्यानले सोमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा किरण कुवँर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रन्जु श्रेष्ठ, अन्जली बिक, हिरन्मायी रोय, अलिशा खडीया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी, मनिषा चौधरी रहेका छन् । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो । अर्को वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १९…

Read More

वासिङटन : अमेरिकामा कोभिड–१९ का थप दुई नयाँ भेरियन्ट देखिएको छ । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट बीए ४ र बीए ५ संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ । बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै भएको बताइएको छ । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोनाको पहिलो लहरपछि पोजिटिभको स्तर ५ प्रतिशतभन्दा कम भएको खण्डमा…

Read More

काठमाडौं- अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव…

Read More

काठमाडौं- हाल देशमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । जसले गर्दा मौसममा फेरबदल भइरहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर–१ को एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार नृपबहादुर वडले धनगढीलाई महानगरपालिका बनाउने सङ्कल्प गरेका छन् । सोमबार गठबन्धनको संयुक्त प्रतिवद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले धनगढीलाई महानगरपालिका बनाउने संकल्प लिएको बताए । उनले आफ्नो पाँच वर्षको कार्यकालमा भए–गरेका भौतिक संरचना निर्माणले धनगढीलाई महानगरपालिका बन्ने आधार बनिसकेको दाबी गरे । ‘हामी निर्वाचित भएर आएपछिका पाँच वर्षमा धनगढीमा निर्माण गरिएका भौतिक संरचनाको जगमा समृद्ध, सुन्दर र व्यवस्थित सहर निर्माण हुँदैछ,’ उनले भने, ‘चुनौतीबीच पनि धनगढीले मुलुककै उत्कृष्ट पालिकाका रूपमा काम गरेको छ ।’ उनले कर्मचारीको अभाव, स्रोत साधनको कमी, आवश्यक ऐन–कानुन तर्जुमा र दुई वर्षसम्म कोरोना महामारीले सिर्जना गरेका मानवीय तथा स्वास्थ्य चुनौतीको सामना…

Read More

दार्चुला- दार्चुलामा यतिबेला चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् । निर्वाचनको लागि भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले घरदैलो अभियान चालेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ठगुन्ना ९ वटै स्थानीय तहका मुख्यमुख्य वस्तीमा भेटघचाट तथा आमसभामा जुटेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीको गठबन्धन भएपछि सांसद ठगुन्ना एमालेलाई जिताउन आफै घरदैलो र भेटघाट अभियानमा लागेका हुन् । एमालेले…

Read More

कैलाली नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा धनगढीको मेयरका उम्मेदवार नृपबहादुर वडको प्रचार प्रसारका लागि धनगढी पुगेकी छन् । आइतबार धनगढी पुगेकी नेतृ देउवाले सोमबार पत्रकारसंग भेटघाट गर्दै धनगढीको मेयरमा नृप वडको विकल्प नभएको बताएकी छन् । धनगढीमा वड जस्तो अर्को लिडर नदेखिएको उनले बताइन् । धनगढीमा विकासका कामहरु पनि थुप्रै भएको भन्दै बरु तिनको प्रचार प्रसार हुन नसकेको बताइन् । विविध आयोजनालगायतका कारण बजार क्षेत्रमा विकासका गतिविधि गर्न नसकेको देखिएपनि धनगढीका ग्रामिण वडाहरुमा राम्रै विकासे कामहरु भएको नेतृ देउवाको भनाई छ । केन्द्रमा नेपाली कांग्रेसको सरकार नहँुदा पनि वडले धनगढीमा धेरै काम गर्न सकेको…

Read More

कञ्चनपुर- नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ। दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन्। स्थानीय तहको निर्वाचन पनि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० लगायत दलका केन्द्रीयस्तरका नेता यतिबेला घरदैलो गरिरहेका छन्। अघिल्लो निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टदेखि उनीसित झिनो मतअन्तरले पराजित कांग्रेस…

Read More