Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा- आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा नमूना मतदान गरिएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको आयोजनामा जिल्ला सदरमुकाम बसपार्कमा नमूना मतदान गरिएको हो । स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । निर्वाचनमा बदर मत कम गर्नकै लागि सबैलाई जानकारी दिन नमुना मतदान गरिएको उनले बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता छन् । ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला मतदाता छन् । मतदाताको संख्याअनुसार…

Read More

ललित सामन्त दार्चुला- दार्चुलामा गठबन्धन एकढिक्का भए नेकपा एमालेलाई साख जोगाउन कठिन हुने देखिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा वडा तहसम्मै गठबन्धन गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा तीन स्थानीय तह जितेको एमालेको लागि यो पटक पूरानै शाख जोगाउन कठिन देखिएकोछ । गठबन्धनका कारण कतिपय स्थानमा नेता कार्यकर्ता रुष्ट देखिएका छन् । रुष्ट कार्यकर्ताको भोट तान्न सकेमात्रै एमालेलाई लाभ हुने विश्लेकहरु बताउँछन् । पहिलो स्थानीय तह निर्वाचनमा एमालेले अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका जितेको थियो । माओवादी केन्द्रले मार्मा गाउँपालिका जितेको हो भने काग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर…

Read More

डडेल्धुरा- डडेल्धुरामा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराको आयोजनामा नेपाली सेना रणबम गण, दह ब्यारेकले आइतबार जिल्ला सदरमुकाम बागबजारस्थित बस पार्कमा डेमो प्रदर्शन गरिएको हो । डडेल्धुरा सदरमुकाममा वर्षेनि आगलागीका घटना घट्ने गर्दछन् । डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने ? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने ? भन्ने कुराको डेमो गरिएको थियो । त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषय डेमोमा प्रदर्शन गरिएको थियो । आगो नियन्त्रण सम्बन्धी डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख…

Read More

काठमाडौं – निर्वाचन आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको हो । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएको छ । आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्‍याउने नियत राखी नराखी वा उक्त सूचना झुटो…

Read More

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् । ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’ वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको ओलीको आरोप छ । ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट…

Read More

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए । यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको बताएका छन् । कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् । यस्तै अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् । उनीहरु दुवैजना एमालेका उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिएका छन्।

Read More

तनहुँ– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे । ‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने । गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोग शालामा गरिएको ३ हजार २२२ नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा २७ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छैनन् । मन्त्रालयका अनुसार गत २४ घन्टामा २९ हजार ५ सय ७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै अहिले देशभर २२१ सक्रिय संक्रमित रहेका छन् ।

Read More

कैलाली- दुई जना मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा विवाहित जोडी मृत अवस्थामा भेटिएका हुन् । बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अमरले अस्मितासंग दोस्रो विवाह गरेर गत चैतमै बझाङबाट कैलाली आएका थिए । केहीदिन आफन्तसंग बसेका उनीहरु चैत २६ गते घुम्न जानेर भनेर घरबाट निस्केका थिए । घरबाट निस्केपछि उनीहरु सम्पर्कविहीन भएका थिए । खोजीकै क्रममा आइतबार उनीहरु जंगलमा मृत फेला परेको डीएसपी…

Read More