Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश…

Read More

सुर्खेत- आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् । उनले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताए । स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय…

Read More

सल्यान- नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–२ दानिगौराका १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा तुल्सीपुरमा मृत्यु भएको हो । गाडी र चालक दाङको बबई गाउँपालिका–२ का खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Read More

बैतडी- चुनाव प्रचारमा गएको भन्दै बैतडीमा एक म्यादी प्रहरीले श्रीमतीलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ८ की २९ वर्षीया धाना महरलाई उनका पति ३० वर्षीय जय महरले चुनाव प्रचार प्रसारमा गएको भन्दै कुटपिट गरेका हुन् । नेकपा एमालेबाट वडा नं. ८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँकै सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै महरले श्रीमतीलाई कुटपिट गरेका हुन् । पतिको कुटाइबाट घाइते भएकी धनालाई जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ । तीन छोरीसहित उनी अहिले अस्पतालमा छिन् । प्रहरीमा उजुरी दिन गएपछि प्रहरीले उपचार गरेर आएपछि उजुरी दर्ता गर्ने आश्वासन दिएको उनले बताएकी छन्…

Read More

बझाङ- बझाङ जिल्लामा ९ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकम सेवा अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित सूचना आदानप्रदानमा समस्या भएको छ । श्रीभावरमा हावाहुरीका कारण टावरको रेडियो लिङ्कमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका कार्यालय प्राविधिक कैलाश यादवले बताए । चुनावको मुखमा आपसी सञ्चार र समन्वय गर्न पनि कठिन भएको स्थानीय नेता, कार्यकर्ताको भनाइ छ ।

Read More

डोटी- डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो । दुर्घटनामा २५ वर्षीय चालक रमेश दास र जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा घाइते भएका छन् । जसमध्ये थापाको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला- निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले जिल्लामा चुनावी प्रचार–प्रसार अभियानलाई तीव्रता दिएका छन् । ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । तर अपिहिमालका मतदातालाई भने त्यसको कुनै प्रवाह छैन । उम्मेदवारहरु भेटघाटका लागि घर–घरमा आइरहँदा स्थानीय भने यार्सागुम्बा संकलन गर्न पाटन पुगेका छन् । अपिहिमालका धेरैजसो मतदाता यार्सागुम्बा संकलन गर्न पाटन पुगेपछि उम्मेदवारलाई मत माग्न समस्या भएको छ । उम्मेदवारसँगै घर–घरमा जाँदा अधिकांश मानिसहरु नभेटिने गरेको र भेटिएका व्यक्तिसंग मत माग्ने गरेको अखिलका नेता कृष्णसिह धामीले बताए । कामको चटारोकाबीच निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको भेटघाट तीव्र भएको हो । ६ वटा वडा रहेको अपिहिमालमा यो पटक उम्मेदवारीमा जातीय नारा…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृप वडले धनगढीबासीका घर–घरमा खानेपानी पुर्याउने बताएका छन् । धनगढी–१२ मा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । धनगढीको सबैभन्दा ठूलो योजना खानेपानी रहेकोले आगामी दिनमा सबैको घर–घरमा शुद्ध खानेपानी पुगाउने बताए । विगत २० वर्षदेखि निरन्तर जनताको माझमा रहेको स्मरण गर्दै वडले यहाँका साझा समस्याहरु समाधानका लागि आफू कटिबद्ध रहेको बताए । राष्ट्रियता, संविधान बचाउन र देशको विकास र समृद्धिको लागि र हरेक नागरिकका माग पूरा गर्न अहिले गठबन्धनबाट चुनावमा गइरहेकाले सम्पूर्ण टीमलाई इमान्दारिका साथ भोट हाल्न उनले आग्रह गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा नगरपालिकाले…

Read More

बझाङ- बझाङमा एक महिला मृल फेला परेकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी ३४ वर्षीया कमला ओखेडा जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा मृत फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लैजान लागिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला – आसन्न वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै दार्चुला जिल्लाको भारत संग जोडिएका सबै झोलुंगे पुलहरु तिन सम्म बन्द गरिने भएका छन् । शनिबार जिल्ला सदरमुकाम खलंगामा आयोजित नेपाल–भारत सीमा समन्वय बैठकमा निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सीमापुलहरु तिन दिनका लागि बन्द गर्ने दुई पक्षको बिचमा सहमती भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएनिर्वाचनका बेला सीमा सुरक्षा र सीमापुलहरु बन्द गर्नुपर्ने कानूनी प्रावधान अनुसार वैशाख २७ गते बेलुकी ७ बजेदेखी वैशाख ३० गते बेलुकी ७ बजे सम्म जम्मा ७२ घण्टाका लागि सबै सिमापुलहरु बन्द गर्ने दुई देशका प्रशासन प्रमुख र सुरक्षा…

Read More