Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेकपा एमालेका नेता एवम सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा टाँगिएको भन्दै धनगढी–१९ मा नेपाली काँग्रेसका युवाहरुले शनिबार राति ९ बजेको समयमा नियन्त्रणमा लिएका हुन् । से१झ ३०७ नम्बरको सरकारी गाडीलाई लिएर युवाहरुले प्रहरीलाई बुझाएका छन् । उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनलाई प्रदेशसभाले गाडी उपलब्ध गराएको थियो…

Read More

काठमाडौँ- स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा मौसम प्रतिकूल बनेको छ ।अहिले (आइतबार बिहान) प्रदेश १ का तराई भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ ,बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, बागमती र कर्णालीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ । सोमबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…

Read More

काठमाडौँ- कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश…

Read More

सुर्खेत- आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् । उनले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताए । स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय…

Read More

सल्यान- नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–२ दानिगौराका १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा तुल्सीपुरमा मृत्यु भएको हो । गाडी र चालक दाङको बबई गाउँपालिका–२ का खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Read More

बैतडी- चुनाव प्रचारमा गएको भन्दै बैतडीमा एक म्यादी प्रहरीले श्रीमतीलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ८ की २९ वर्षीया धाना महरलाई उनका पति ३० वर्षीय जय महरले चुनाव प्रचार प्रसारमा गएको भन्दै कुटपिट गरेका हुन् । नेकपा एमालेबाट वडा नं. ८ को सदस्य पदका लागि उम्मेदवारी दिएकी गाउँकै सासु नाता पर्ने सीमा महरको प्रचारमा गएको भन्दै महरले श्रीमतीलाई कुटपिट गरेका हुन् । पतिको कुटाइबाट घाइते भएकी धनालाई जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ । तीन छोरीसहित उनी अहिले अस्पतालमा छिन् । प्रहरीमा उजुरी दिन गएपछि प्रहरीले उपचार गरेर आएपछि उजुरी दर्ता गर्ने आश्वासन दिएको उनले बताएकी छन्…

Read More

बझाङ- बझाङ जिल्लामा ९ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकम सेवा अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित सूचना आदानप्रदानमा समस्या भएको छ । श्रीभावरमा हावाहुरीका कारण टावरको रेडियो लिङ्कमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका कार्यालय प्राविधिक कैलाश यादवले बताए । चुनावको मुखमा आपसी सञ्चार र समन्वय गर्न पनि कठिन भएको स्थानीय नेता, कार्यकर्ताको भनाइ छ ।

Read More

डोटी- डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो । दुर्घटनामा २५ वर्षीय चालक रमेश दास र जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा घाइते भएका छन् । जसमध्ये थापाको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला- निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले जिल्लामा चुनावी प्रचार–प्रसार अभियानलाई तीव्रता दिएका छन् । ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त छन् । तर अपिहिमालका मतदातालाई भने त्यसको कुनै प्रवाह छैन । उम्मेदवारहरु भेटघाटका लागि घर–घरमा आइरहँदा स्थानीय भने यार्सागुम्बा संकलन गर्न पाटन पुगेका छन् । अपिहिमालका धेरैजसो मतदाता यार्सागुम्बा संकलन गर्न पाटन पुगेपछि उम्मेदवारलाई मत माग्न समस्या भएको छ । उम्मेदवारसँगै घर–घरमा जाँदा अधिकांश मानिसहरु नभेटिने गरेको र भेटिएका व्यक्तिसंग मत माग्ने गरेको अखिलका नेता कृष्णसिह धामीले बताए । कामको चटारोकाबीच निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारको भेटघाट तीव्र भएको हो । ६ वटा वडा रहेको अपिहिमालमा यो पटक उम्मेदवारीमा जातीय नारा…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृप वडले धनगढीबासीका घर–घरमा खानेपानी पुर्याउने बताएका छन् । धनगढी–१२ मा शनिबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । धनगढीको सबैभन्दा ठूलो योजना खानेपानी रहेकोले आगामी दिनमा सबैको घर–घरमा शुद्ध खानेपानी पुगाउने बताए । विगत २० वर्षदेखि निरन्तर जनताको माझमा रहेको स्मरण गर्दै वडले यहाँका साझा समस्याहरु समाधानका लागि आफू कटिबद्ध रहेको बताए । राष्ट्रियता, संविधान बचाउन र देशको विकास र समृद्धिको लागि र हरेक नागरिकका माग पूरा गर्न अहिले गठबन्धनबाट चुनावमा गइरहेकाले सम्पूर्ण टीमलाई इमान्दारिका साथ भोट हाल्न उनले आग्रह गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा नगरपालिकाले…

Read More