Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भारतीय लोकसभा (संसद्‌)मा अल्पमतमा रहे पनि नयाँ सरकारमा भारतीय जनता पार्टी (भाजपा) को पुरानो हैसियत कायम रहनेछ। सत्ता गठबन्धन एनडीएका घटक दलहरूको बैठकबाट यस्तै संकेत प्राप्त भएको भारतीय अनलाइन पत्रिकाले जनाएको छ। भाजपा अध्यक्ष जेपी नड्डाको निवासमा वरिष्ठ नेता अमित शाहको उपस्थितिमा भएको एनडीए बैठकमा टीडीपीलाई तीन, जेडीयूलाई दुई र एलजेपी, एनसीपी, शिवसेना, जनतालाई एकरएक मन्त्री पद दिने सहमति भएको छ। शाहले प्रमुख दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। जेडीयूसँग भएको बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारका अलावा सञ्जय झा र ललन सिंह पनि उपस्थित थिए। चन्द्रबाबु नायडूसँग दुई सांसद पनि थिए भने अजित पवारसँगै प्रफुल्ल पटेल पनि…

Read More

धनगढी : कञ्चनपुरकाे दक्षिणी क्षेत्रमा सकेट बम फेला परेको छ । बेलौरी नगरपालिका-३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा बम फेला परेको हो । रानाको घरको जग खन्ने क्रममा १२ भन्दाबढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । द्वन्द्वकालमा माओवादीहरुले राखेको हुनसक्ने बताइएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले हिजो साँझनै बम निष्क्रिय पारेको छ । सोही क्षेत्रमा केहि दिन अगाडि मात्रै हुलाकी सडकमा बम विस्फोट भएको थियो ।

Read More

काठमाडौं: भारतको उत्तराखण्ड राज्य, जो नेपाल नजिकै छ। नेपालको सीमानाका विभिन्न क्षेत्रबाट जोडिएको यो भारतीय राज्यमा मुख्यमन्त्री (सीएम) छन्, पुष्कर सिंह धामी। धामी उनै मुख्यमन्त्री हुन्, जसको चर्चा अहिले उत्तराखण्डमा मात्र होइन, सारा भारत देशभर छ। चर्चाको कारण हाललाई लोकसभा चुनावी नतिजा र धामीको प्रचारमा पाइएको बढ्दो डिमाण्ड भएपनी उनले उत्तराखण्डमा निकै ठूला र लोकप्रिय कामहरु गरेका छन्। पछिल्लो पटक धामीले आफू आवद्ध भारतीय जनता पार्टीको देशव्यापी चुनावी क्याम्पियन चलाएका थिए। सो चुनावमा भाजपाले स्टार प्रचारकको रुपमा प्रयोग गरेका धामी भारतभर गएर चुनावमा खटिए। उनले देशभर अढाइ सय बढी सभा सम्मेलन गरेको रिपोर्ट छ। उनै पपुलर र सरल मुख्यमन्त्रीको क्षेत्रमा…

Read More

काठमाडौँ : भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

Read More

काठमाडौँ : नेपाल प्रहरीका चिफ (प्रहरी महानिरीक्षक) बसन्तबहादुर कुँवरलाई पदबाट हटाउने तयारी थालिएको छ। स्रोतका अनुसार गृहले सो बारे आन्तरिक तयारी थालेको हो। तयारीमात्र होइन, नेपाली काँग्रेसको पालामा बनाइएका आइजी कुँवरलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई प्रस्ताव नै गरिएको कुरा बाहिरिएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आईजीपी कुँवरलाई पदबाट हटाउने प्रस्ताव पेस गरेका हुन्। गृहसामु इतिहासकै निरीह आइजीको उपमा पाएका कुँवरसँग गृहमन्त्री लामिछाने केही समयदेखि असन्तुष्ट रहेको बताइएको छ। सोही क्रममा लामिछानेले आफूलाई असहयोग गरेको भन्दै कुँवरलाई पदबाट निकाल्न प्रस्ताव गरेको स्रोतको दाबी छ। स्रोतका अनुसार लामिछानेसहित विरुद्धको सहकारी काण्डको जाहेरी जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता…

Read More

काठमाडौं : नेपाल प्रहरीका १५६ प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ हवल्दारबाट सहायक निरीक्षकमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । asi_767Download

Read More

काठमाडौं : नेपाल प्रहरीका २२९ प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएकाहरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो । बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ । shc_7674Download

Read More

धनगढी : नेपाल पत्रकार महासंघको चुनावको समय केही साता पर सरेको छ । जेठ २६ गतेभित्र हुने भनिएको चुनाव सदस्यता विवादले सरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै चुनाव सरेको जानकारी गराएका छन् । उनले २६ गते तोकिएकोमा उक्त मितिमा मतदान नहुने भन्दै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँग छलफल भइरहेको बताएका छन् । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरेका छन् ।

Read More

धनगढी : नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को डोटी जिल्ला अध्यक्षमा लक्ष्मण बोहरा चयन भएका छन् । शुक्रबार सम्पन्न १५ औं जिल्ला सम्मेलनले बोहरालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । सम्मेलनले ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको नवनिर्वाचित अध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कृष्ण बोगटी र तपेश बिक, सचिवमा सुरेश रोकाया, सहसचिवमा पबित्रा ऐर, देब बयडी, केशव बिष्ट र सुरत बोहरा तथा कोषाध्यक्षमा इश्वरी मलासी चयन भएका छन् ।

Read More

काठमाडौँ : पार्टी राजनीतिमा सक्रिय हुने हल्लाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै चीन भ्रमणमा जाने तयारी गरेकी छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा भण्डारीले छोरी उषाकिरण भण्डारीलाई समेत लिएर चीन भ्रमण गर्न लागेकी हुन्। भण्डारीको भ्रमण एमाले अध्यक्ष केपी ओलीको पहल वा सहमतिमा आयोजना हुन लागेको हो। एमालेको एउटा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग समन्वयमा रहेर पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणको तयारी गरिरहेको छ। ‘एक वर्ष अघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीलाई चीनबाट भ्रमणको निम्तो आएको हो, बेलाबेलामा भेटघाट हुँदा मौखिक रुपमा पनि भ्रमण होस् भन्ने चाहना चिनियाँ पक्षबाट आएको थियो,’ भण्डारीको भ्रमणको तयारीमा संलग्न एक नेताले भने, ‘तीन महिना (संभवतः सेप्टेम्बर)…

Read More