Author: महेन्द्रनगर पोष्ट

गोरखा – जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् । आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् । ‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पानपा–६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्‍वीटरमा लेखेका छन् ।उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताए । यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् । पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका…

Read More

सुर्खेत- सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । वीरेन्द्रनगर–६ स्थित मुख्य राजमार्गमा रोकर राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राति आगजनी गरेका हुन्। जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२(००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो। स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ ।…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ । जलपादेवी केबलकार प्रालिले कैलालीको लम्कीचुहा नगरपालिका १३ चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो । कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भन्दै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन् । आयोजनाले…

Read More

कैलाली- कैलालीको धनगढीमा किशोर किशोरी मृत फेला परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका–१० का दुई जना किशोर किशोरी मृत फेला परेका हुन् । १७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एउटै दोपट्टाले सँगै पासो लगाएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Read More

दार्चुला- महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय समस्यामा परेका छन् । पुलमा हिँड्न नपाएपछि स्थानीयले तुइनकै भरमा नदी वारपार गर्न बाध्य छन् । स्थानीय दिपक भट्टले पुल सञ्चालन नहुँदा तुइनको साहारामा नदी वारपार गर्नुपरेको बताए । भारतीय सीमा सुरक्षा बलले बेलाबेला तुइन हटाएपछि दुहुँ र व्यास गाउँपालिकाका बासीन्दाको दैनिकी कष्टकर बनेको छ । व्यास गाउँपालिका–४ मल्घट्टेमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भएको थियो । व्यासकै वडा नम्बर ६ बडूगाउँस्थित महाकाली नदीमा पनि गत फागुनमै…

Read More

काठमाडौँ : हाल नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो मधेश, बागमती, गण्डकी र प्रदेश १ मा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।

Read More

कैलाली- आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ । खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए। निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम…

Read More

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । चितवनको पर्सामा तीन दिनसम्म चलेको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । यससँगै नेकपा पार्टी दुई भागमा विभाजित भएको हो । पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले चुनावविरुद्ध उत्रिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेपछि चुलिएको विवाद अन्ततः पार्टी फुटमा परिणत भएको हो । कारबाहीपछि सुदर्शन र बास्तोलाले बुधबार चितवनमा भेला डाकेर विप्लव र प्रकाण्डलाई पार्टीबाटै निष्कासन गरेको छ । साथै, तीन दिनसम्म चलेको भेलाले आगामी फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन…

Read More

डडेल्धुरा- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । हरिशप्रसाद अवस्थी नामका मतदाताले आरजुविरुद्ध उजुरी दिएका हुन् । हिजो (विहीबार) स्थानीय तह निर्वाचनको प्रचारको क्रममा ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ भनी दिएकी अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनी दिएको अभिब्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको छ ।’ जनताको करबाट सृजित राज्यको साधनस्रोत राणाले आफ्नो इच्छानुसार परिचालन गर्न नपाउने उल्लेख गर्दै…

Read More

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा आएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलमा पुगेको केही बेरमा नै स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी र थप प्रहरीको टोली घटनास्थलमा पुगेपछि स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले जानकारी दिए । उनले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका बताए । पक्राउ परेका नरेन्द्र कार्की र केशव कार्कीलाई सदरमुकाम मार्तडी ल्याइँदैछ । नेकपा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच…

Read More