Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – निर्वाचन आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका बारेमा चासो राखेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले माघ २५ देखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम निर्वाचनको आरम्भ गरी हाल निर्वाचनको तयारीको कार्य अन्तिम चरणमा पुगेको ब्रिफिङ गरेका थिए । उक्त अवसरमा राष्ट्रपतिले आयोगको तयारी सन्तोषजनक रहेको बताउँदै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिइन् । उनले निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा…

Read More

दार्चुला – नेकपा एमालेले सरकार सञ्चालन गरेको अपिहिमाल गाउँपालिकाको पाँच वर्षमा एक घर एक धारा र घर घरमा ग्याँस सिलिण्डर पुगेको छ । पाँच वर्षको अवधिमा गाउँपालिकाका ९० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेको हो ।यस्तै गाउँपालिकाभरीका १ हजार ३ सय घरधुरीमा ग्याँस सिलिण्डर पुगेको छ । नेकपा एमालेका धर्मानन्द मन्यालले नेतृत्व गरेको अपिहिमालमा हरेक घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । मन्याल नेकपा एमालेकातर्फबाट दोस्रो पटक गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएको छ । निर्माण गरिएका खानेपानी धारासँगै सुधारिएको चाङसमेत निर्माण गरिएको छ । खानेपानी घरघरमा पुगेपछि स्थानीय पनि दङ्ग छन् । यस्तै पर्यटकलाई लक्षित गर्दै देशकै नमूना सिद्धमकरीकोट पदमार्ग निर्माण गरिएको…

Read More

– राम धामी डडेल्धुरा – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेतरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले गृहजिल्ला डडेल्धुरा पुगेर काँग्रेसका असन्तुष्ट जिल्लास्तरीय नेताहरुले एमालेसँग चुनावी तालमेल गरिरहेकोमा आक्रोश ब्यक्त गरेकी छिन् । डडेल्धुरा काँग्रेसभित्र षड्यन्त्र खेल्नेहरु नेपाली काँग्रेस (विपी) पार्टीका नाममा करुवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्नु राम्रो भएको डा. राणाले बताईन् । नेपाली काँग्रेस अमरगढी नगर समितिको आयोजनामा बुधबार डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै नेतृ डा. राणाले काङ्ग्रेसमा रहेर षड्यन्त्र गर्नेहरु पार्टी छोडेर जादा केही फरक नपर्ने जिकिर गरिन् । ‘जसको राष्ट्रियस्तरको नेता नभएको पार्टीले के गर्न सक्छ ? करुवा पार्टीको नेता को हो ?…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा दायर नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट मुद्दा हेर्दाहेदैमा गएको छ । सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा सुनुवाइ हुँदा हुँदै हेर्दाहेर्दैमा गएको हो । धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Read More

काठमाडौं – जिम्बाब्वे ए टोलीसँगको बाईल्याटरल क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको टी–ट्वान्टी सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले जीम्बाब्वे ए टोलीलाई ८ विकेटले पराजित गरेको हो । १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । नेपालको जितमा आसिफ शेखले ८७ र कुशल भुर्तेलले ३४ रन जोडे । ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरी ८७ रनको योगदान गरे । कुशल भुर्तेलले भने २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दैँ ३४ रन जोड्न सफल भए । टस जितेर पहिले नेपालले…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८२१ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा करिब २ महिनायता कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाएका थिएनन् । धेरै लामो समययता कोरोना संक्रमितको मृत्यु भएको पहिलो पटक हो । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै गत २४ घन्टामा १८ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा…

Read More

महेन्द्रनगर – कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अन्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीलाई कुटेको बताइएको छ । अन्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।

Read More

सुर्खेत – स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई नेपाली कांग्रेसबाट निष्काशित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए । पार्टीको नीति, विधिविपरीत गतिविधि गरेको भन्दै पार्टीका जिल्ला कार्यसमितिको निवर्तमान सदस्य विष्टलाई कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका उपसभापति सन्तोष केसीले बताए । पार्टीका आधिकारी उम्मेदवारविरुद्ध विष्टले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उनीसँगै उनलाई समर्थन गर्ने प्रस्तावक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरिएको छ ।

Read More

काभ्रे – काभ्रेको रोशी गाउँपालिका तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किएर दुर्घटनामा परी ज्यान गुमाएका ५ जनाको सनाखत भएको छ । काठमाडौँबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी५८ टी ८१८१ नम्बरको यात्रुबहाक मिनीबस र ना १ ज ४२१० नम्बरको टाटासुमो एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका…

Read More

काठमाडौं – काभ्रेको रोशी गाउँपालिका–११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोकिएको छ । बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु भएको हो । काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको काभ्रेका डीएसपी हरि खतिवडाले बताए । दुर्घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More