Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको चुनावमा गठबन्धनले ७० प्रतिशत स्थानमा जित्ने दाबी गरेकी छन् । मंगलबार कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले अहिलेको आँकडाले समग्र देशमा ७० प्रतिशत जित हुने देखिएको बताइन् । उनले गोदावरी नगरपालिकासहित ७० प्रतिशत स्थानमा जित्ने प्रष्ट पारिन् । ‘गठबन्धनलाई जिताउन सबैलाई रुख र कलममा भोट हाल्न भन्नुहोस्,’ उनले भनिन्, ‘देशमा सबैलाई मिलाएर लग्नेलाई भोट हाल्नुहोस् ।’ उनले कैलालीमा गठबन्धनको राम्रो वातावरण बनेको बताइन् । गठबन्धमा भोट हाल्न झञ्जटिलो भएकाले समय दिएर भोट हाल्न आग्रह गरिन् ।

Read More

दार्चुला- आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीमा राजनीतिकरण भएको भन्दै नेपाल निजामति कर्मचारी संगठनले आपत्ति जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको सूची सार्वजनिक गरेपछि कर्मचारी संगठनले आपत्ति जनाएको हो । कर्मचारी संगठनले विज्ञप्तीमा ट्रेड युनियनका पदाधिकारी समावेश गरिएको, अधिकृत र जेष्ठ नायवसुबवा कर्मचारी नखटाएको, मापदण्ड विपरित सीमित विद्यालयका शिक्षक मतदान अधिकृतमा खटाएको, जेष्ठता र तहलाई ख्याल नगरिएको आरोप लगाएको छ । यस्तै निर्वाचनमा करारका कर्मचारी खटाएको, उम्मेदवारका आफन्तलाई निर्वाचनमा खटाएको विज्ञप्तीमा भनिएको छ । स्थानीय निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ विपरित कर्मचारी खटनपटनप्रति ध्यानाकर्षण भएको कर्मचारी संगठनले ठहर…

Read More

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले छानबिन समिति गठन गर्ने भएको छ । मुख्य प्रशिक्षकको निर्देशनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाड्न बाध्य १० खेलाडीसँग मंगलबार छलफल गरेपछि घटनाबारे निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहमत भएका छन् । बुधबार छानबिन समिति गठन गर्ने एन्फाले जनाएको छ । अघिल्लो साता प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।

Read More

काठमाडौँ, स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । ३५३ जना उम्मेदवार विभिन्‍न पदमा निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।-सोहीअनुसार आचारसंहिताको प्रावधान विपरित उम्मेदवार तथा राजनीतिक…

Read More

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका ८ बाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका ९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी रहेका छन् । बिना नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Read More

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् । उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन् । अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

Read More

कैलाली- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम आउँदैछन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा यहाँ आउन लागेका हुन् । देउवा चुनावी सभालाई सम्बोधन गर्न देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनका अनुसार सभापति देउवाले वैशाख २६ गते कैलालीको धनगढी तथा वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । कांग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन् । देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख…

Read More

बझाङ- बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पीडितका बाबु सँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ । चाउचाउ किनिदिएपछि बालिकालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर बलात्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला…

Read More

दार्चुला – नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज गणेशसिह ठगुन्नाको जिल्लाभरी दौडधुप चलेको छ । स्थानीय तह निर्वाचन आउने दिन नजिकिदै गर्दा ठगुन्नाको दौडधुप चलेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि संघीय सांसद समेत रहनुभएका ठगुन्नाको दौडधुप सुरु भएको हो । महाकाली नगरपालिकाको पौनेखोलाबाट सुरु भएको ठगुन्नाको दौडधुप मंगलबार मालिकार्जुन पुगेको छ । सोमबार नौगाड गाउँपालिकाको चुनावी आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रम सकि ठगुन्ना मंगलबार मालिकार्जुन पुग्नुभएको छ । उहाँले मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र २ का कार्यकर्ता भेटघाट गरि मालिकार्जुन ८ स्थित एमाले मालिकार्जुनको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्नुभएको छ ।…

Read More

नवलपरासी (पश्चिम) – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More