Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जसले गर्दा आज पनि देशका केही स्थानमा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको हो । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

Read More

काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सलाई २० रनले पराजित गर्दै लखनउ सुपर जायन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । छैटौं जित निकालेको लखनउले नौ खेलमा १२ अंक जोडेको छ । पाँचौं हार बेहोरेको पञ्जाब नौ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ । आफ्नो नवौं खेलमा १५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । उसका लागि जोनी बेयरिस्टोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मयंक अग्रवालले २५ रन बनाए । ऋषि धवन २१ रनमा अविजित रहँदा लियाम लिभिङस्टोनले १८ रन जोडे । लखनउका मोहसिन खानले तीन, दुश्मन्था…

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका व्यक्तिहरुले आज आज निर्वाचन चिह्न पाउँदैछन् ।निर्वाचन आयोगले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूलाई उनीहरूको आफ्नै चिह्न र स्वतन्त्र उम्मेदवारलाई चिह्न प्रदान गर्नेछ। हिजो निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रनेछन्। उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै प्रचार÷प्रचार गर्न पाउनेछन्। स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ।

Read More

काठमाडौँ- प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।…

Read More

चितवन- कांग्रेसका शीर्ष नेताको आग्रह र चेतावनीका बाबजुद पनि भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो मनोनयन फिर्ता लिन मानेनन् । शुक्रवार बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय भए पनि निर्धारित समयसम्म पनि उनले उम्मेदवारी फिर्ता नलिएका हुन् । दिनभर आफ्नो घर भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिएलगत्तै संक्षिप्त कोण सभालाई सम्बोधन गरेर आफूले उम्मेदवारी फिर्ता नलिएको जताए । पौडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन नै गएका थिए । पौडेल राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । उनलाई फकाउनका लागि माओबादी अध्ययक्ष पुष्पकमल दाहालको…

Read More

धनगढी- आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा उम्मेदवारी दिएएकामध्ये २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी दिएकामध्ये लरप्रमुखमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अन्जना श्रेष्ठ मास्केले उम्मेदवारी फिर्ता लिएकी छन् । उनले उम्मेदारी फिर्ता लिएसंगै मेयरमा अब ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । धनगढी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका बसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्। यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त…

Read More

सिन्धुली – सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नम्बर-५ नक्कले भन्ने स्थानमा अनियन्त्रित भई बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको भित्री सडक खण्डअन्तर्गत पर्ने वाङरिङबाट चकमके भन्ने स्थानतर्फ कच्ची बाटो भएर मानिस र समान बाेकेर जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०४५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई​ सडकबाट करिब एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर–९ आम्बोटे बस्ने ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थान बस्ने ५१…

Read More

काठमाडाैं – नेपालले दक्षिणअफ्रिकाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ । दक्षिणअफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा आज आयोजित एक सङ्क्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन। दूतावासका अनुसार राहत सामग्रीमा चामल, पिउनेपानी, कम्बल, खाना पकाउने तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु रहेका छन् । यस्तै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिणअफ्रिकाले पनि त्यहाँको मुद्रा १० हजार र दूतावासका कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन्। उपनिर्देशक मातामेलाले दूतावास र नेपाली समुदायलाई बाढीपीडितका निम्ति आधारभूत आवश्यकता पूरा गर्न समयमै मानवीय सहायता प्रदान गरेकामा धन्यवाद ज्ञापन गरेका थिए। दक्षिणअफ्रिका गणतन्त्रको…

Read More

काठमाडौं – विराटनगर महानगरपालिकामा धमाधम उम्मेदवारी फिर्ता गर्न थालेको छ । विराटनगर महामगरको प्रमुख पदमा उम्मेदवारी दिएका ३ जनाले आफ्नो मनोनयन फिर्ता गरेका हुन् । यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् । प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले…

Read More

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको नेकपा एमालेले आरोप लगाएको छ । उम्मेदवारी फिर्ता लिन दबाब दिएपनि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोकबहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो । तामाङको अपहरणमा निर्वाचन आयोगका अधिकृतको पनि मिलेमतो भएको आशंका रहेको एमालेले जनाएको छ । तामाङ सम्पर्क विहीन छन् ।

Read More