Author: महेन्द्रनगर पोष्ट

धनगढी – आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा क्रिया (कसम) खाएका छन् । आज बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने भन्दै क्रिया खाएका हुन् । आफूलाई धनगढीले सब थोक दिएको त्यसको बदलामा आफूले धनगढीलाई केही गर्नुपर्छ भनेर गुन तिर्न नगरप्रमुखमा उम्मेदवारी दिएको हमालले बताए । हमालले यसअघि नगरप्रमुखमा जिते नगरपालिकाबाट कुनै पनि सेवासुबिधा नलिने घोषणा गरिसकेका छन् । आफ्नो बारे विपक्षले बजारमा अनेकन हल्ला खासगरी हमालले जिते लाख…

Read More

काठमाडौं – आज निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । गत बैशाख १२ र १३ गते आयोगमा दर्ता भएका उम्मेदवारीविरुद्ध परेको उजुरी विरोधमा अहिले आयोगले जाँचबुझ गरिरहेको छ । आयोगले आज साँझ ६ बजे मनोनयन दर्ताको नामावली प्रकाशन गर्दैछ । बैशाख १६ गतेसम्म उम्मेदवारहरुले मनोनयन फिर्ता लिन सक्ने उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार नै आयोगले सार्वजनिक गर्ने कार्यतालिकामा रहेको छ । १७ गते शनिबार उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुंदैछ । बुधवार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ आज हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए ।

Read More

काठमाडौं – नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य निरन्तर घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । हाल सुनको मूल्य ओरालो लागेर ९८ हजार तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर…

Read More

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज (बिहीबार) अपिल जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’ तर कांग्रेसका नेता कार्यकर्ताले…

Read More

काठमाडौं – अछाममा बुधबार राति चक्कु प्रहार भएको छ । चक्कु प्रहार हुदां चार जना घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा रहेका छन् । स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । पहरीका अनुसार सो अवस्थामा एक समुहले अर्कोलाई चक्कु प्रहार गरेको हो । चक्कु प्रहार गर्ने समूहको एक तपेन्द्र बुढा रहेका छन् जो प्रहरीले नियान्त्रणमा लिएको जनाइएको छ । अन्य फरार रहेका छन् । चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको जनाइएको…

Read More

पोखरा – म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

Read More

लन्डन – युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन । यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए । पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए । बुधबार रुसी ग्यास कम्पनी…

Read More

काठमाडौं – राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारी सम्हाल्दैं आएका थिए । अध्यक्ष कमल थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष पदमा मनोनीत गरेका थिए।

Read More

काठमाडौं – आज बिहीबार सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ९४८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकोमा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ ।

Read More