Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लको दोधारा चाँदनी नगरपालिका–७ का २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलका ५० वर्षीय गणेशसिंह साउद रहेका छ्न । सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको  प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं : प्रतिनिधि सभा बैठकमा आज पनि   बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ।  आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।  प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो।  हिजो सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो। 

Read More

काठमाडौँ : भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए । यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए । यो जितपछि…

Read More

बुटवल : बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। ५ जना सवारमध्ये दुई जना घाइते भएका छन्। घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको र अर्की घाइते बुटवल-११ की लक्ष्मीता श्रेष्ठको लुम्बिनी…

Read More

काठमाडौं : अर्शदीप सिंहको घातक बलिङसँगै आसीसी टी२० विश्वकप अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनायो। अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे । अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे । प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन् । यसअघि पहिलो खेलमा भारतले…

Read More

बैतडीः बैतडीमा पुुरुषको कुुटाइबाट एक महिलाको मृत्युु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो। मंगलवार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधवार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधवार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ।  

Read More

काठमाडौं : विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका राजेश साउद र अछामका टंकराज खनाललाई पक्राउ गरेको छ । उनीहरूले काठमाडौंको तीनकुनेमा युनिक कन्सल्ट्स, वर्ल्डवाइड कन्सल्ट्स, ग्लोबल ह्युमेन म्यानेजमेन्ट, रायन इजुकेसन कन्सल्टेन्सी र रावल टार्भल एन्ड टुर्स कम्पनी स्थापना गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्ने र विदेशी पठाउने आश्वासनमा सक्कली कागजपत्र…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले सिंहदरबार भित्रैबाट चार जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने बालश्रमिकलाई महानगरपालिकाले उद्धार गरेको हो । महानगर प्रहरीसहितको टोलीले सिंहदरबारस्थित एक चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो । ती बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरपालिकाले जनाएको छ । कानुनको पालन हुने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले उद्धार गरेको हो । काठमाडौं महानगरपालिका अहिले बालश्रमविरुद्ध अभियान चलाइरहेको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्र्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला उनीहरुबीच बुधबार अपरान्ह सिंहदरबारमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । त्यसैगरी एमाले सांसदहरुले प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन पनि एमालेका सांसदहरुले माग गर्दै आएका छन् । भेटपछि सञ्चारकर्मीसँग ओलीले छोटो…

Read More

काठमाडौं : झुटा विवरण पेस गरेर अंगीकृत नागरिकता लिन खोजेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ५१ वर्षीय हरिओम कुमार, २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय हर्ष गुप्ता रहेका छन् । झुटा विवरण दिएर वडा कार्यालयबाट सर्जमिन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुसूची १ को फारम भरिसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हर्ष र ऋषिले आफूसँगै व्यापार गर्दै आएका आफ्ना बुबालाई बेपत्ता भएको बनाएर वंशजको नाताले नागरिकता ऐन बमोजिम नागरिकता लिन खोजेको पाइएको छ । मंगलबार पक्राउ परेका उनीहरूमाथि छानबिन गर्न नागरिकता…

Read More