Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वाकांक्षी योजना उल्लेख गरिएको छ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन तस्करीको प्रयास भएको छ । तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेपछि तस्करहरूले सङ्गठित रूपमा सुन तस्करी गर्ने प्रयास गरिरहेको भेटिएको हो । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् । एसएसपी ढकालका अनुसार…

Read More

धनगढी – आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए । यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)का पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ । वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका दिलीपराज…

Read More

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औँ संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानून मन्त्रालयबाट सहमति भएर आएपछि गृहमन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ । यसअघि २० वर्ष सेवा अवधि नपुगेसम्म निवृत्तिभरण पाउने व्यवस्था थिएन । उक्त विनियमावली संशोधन भएमा १६ वर्षमै अवकास लिन सकिने भएकाले तल्लो तहका प्रहरी कर्मचारी राहत मिल्नेछ । मन्त्रालयले मूल नियमावलीको नियम १३१, उपनियम (१) मा (१क) थप गरी उपनियम (१) मा…

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनका ५ दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा भएको सहमतिअनुसार बाहेकका अन्य उम्मेदवारी फिर्ता लिने सहमति गरेका छन् । गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलद्वारा संयुक्त हस्ताक्षरित ३ बुँदे सहमतिमा गठबन्धनका दलहरुको निर्णय बेगर विभिन्न स्थानीय तहमा दिएका उम्मेदवारी फिर्ता लिनका लागि निर्देशन दिएको हो । सहमतिअनुसार पाँच दलीय गठबन्धनको सहमति विपरित विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल गर्न पहल गर्ने, र पाँचदलीय गठबन्धन बाहेकका दलसँगको गठबन्धन खारेज गर्ने निर्णय गरेको छ ।

Read More

काठमाडौं – गठबन्धनका कार्यकर्ताले विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन । कोसी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेजको माग राखी निवेदन परेको थियो । निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले वैशाख ११ गते राजीनामा दिएको कागजात पेस गरेकी थिइन् । तर अस्पतालले उनी सञ्चालक समितिमा रहेको र राजीनामा स्वीकृत नभएको भन्दै १३ गते पत्र दिएको थियो ।…

Read More

काठमाडौं – सुनको मूल्य शुक्रबार प्रतितोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी छ ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । बिहीबार सुनुवाइ नसकिएपछि शुक्रवारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएको थियो । गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत्र २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा परेका थिए ।

Read More

काठमाडौं – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबिच सहमति भएको हो । गाउँपालिका स्तरीय नेताहरूबिच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ । वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरूबिच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ । सुनकोसी गाउँपालिकामा नेपाली काँग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् । निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता…

Read More