Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज मध्यान्ह १२ बजे पत्रकार प्रचण्डले सम्मेलन गर्न लागेका हुन् । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे धारणा राख्ने जानाकारी गराइएको छ ।

Read More

काठमाडौं – भक्तपुरमध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी हुँदा करोडौँको सामान जलेर नष्ट भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको बताए ।

Read More

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल भएको छ । दुई दलबीचको लामो छलफलपछि तालमेल गर्ने सहमति भएको हो । मेयर एमाले र उपमेयर राप्रपाले पाउने भएको छ ।सहमति अनुसार एमालेको मेयरका उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने भने उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ । राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ भने अन्य वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो । भरतपुरकाे मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाललाई उम्मेदवार बनाइएको छ भने उपमेयर नेपाली कांग्रेसले पाएको छ ।

Read More

काठमाडौं – गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक…

Read More

काठमाडौं- कञ्चनपुर कांग्रेसले स्थानीय तहका लागि जिल्लाका ९ मध्ये आठ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकाबाहेक अरू सबैमा उम्मेदवार टुङ्गो लागेको छ । कांग्रेसले टुंग्याएको उम्मेदवारको सूची यस्तो छ: दोधारा–चाँदनीमेयरः गोपाल दत्त भट्टउपमेयरः गंगा जोशी भीमदत्त नगरपालिकामेयरः पदम बोगटीउपमेयरः निलम लेखक बेदकोट नगरपालिकामेयरः भोजराज बोहराउपमेयरः तुलसी जोशी शुक्लाफाँटा नगरपालिकामेयरः चिन्तामणी भट्टउपमेयरः कल्पना पन्त कृष्णपुर नगरपालिकामेयरः हेमराज ओझाउपमेयरः द्रोपदी राना पुनर्वास नगरपालिकामेयरः तोयानाथ शार्मउपमेयरः भुलिया राना बेलौरी नगरपालिकामेयर होसियार बिष्टउपमेयरः खिना भण्डारी लालझाँडी गाउँपालिकाअध्यक्षः श्रीकृष्ण रानाउपाध्यक्षः राधा राना बेल्डाँडीः टुंगिन बाँकी

Read More

पाँचथर- पाँचथरमा नेपाल प्रहरीका हवल्दार बेपत्ता भएको आठौं दिनमा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् । पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । उनी वैशाख ३ गते बेलुकीदेखि बेपत्ता भएका थिए । उनको हत्या कि आत्महत्या हो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

Read More

कैलाली- स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनले भागबण्डा टुंग्याएको छ । सत्ता गठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने सहमति भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितको पालिका कांग्रेसको हुने, माओवादीले जितेको पालिका माओवादीको हुने र एकीकृत समाजवादीले सनाखत गरेको पालिका समाजवादीको हुने गरी सहमति भएको हो । साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वानसमेत गरिएको छ । गठबन्धन दलबीच आइतबार रातिसम्म पालिका भागबण्डाका विषयमा छलफल भएको थियो ।

Read More

काठमाडौँ– राष्ट्रपतिबाट १० दिनअघि मात्रै प्रवल जनसेवाश्री चतुर्थ विभूषण पाएकी मालपोत कार्यलय ताप्लेजुङकी अधिकृत लेखा पनेरु (महत) डेढलाख रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखसमेत रहेकी पनेरुलाई आइतबार रंगेहात पक्राउ गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जग्गा दर्ता कायम गर्ने बेलामा सेवाग्राहीबाट असुल गरेको १ लाख ५० हजार रूपैयाँसहित उनलाई फुङलिङ नगरपालिका(४ कोप्चेबाट पक्राउ गरिएको हो। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ का एक सेवाग्राहीको अंशियारबीच भागबन्डा भइसकेको जग्गा दाखिला खारेज गरी दर्ता कायम गर्ने क्रममा मालपोत अधिकृत महतले घुस लिएकी थिइन्। पनेरुले यही वैशाख १ गते मात्रै राष्ट्रपति…

Read More

काठमाडौं- हाल देशको पहाडी भूभागमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश नम्बर–१ मा आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको हो । आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो । दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई भागबण्डा गरिएको प्रमुखको जिम्मेवारी तोकेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए । दहरुलाई आजै उम्मेदवारको टुंगो लगाएर मनोनयन गरिसक्नुपर्ने छ । आज बेलुका ५ बजेसम्म मात्रै मनोनयन दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । गठबन्धनकै लागि समय खर्च हुँदा दलहरुले उम्मेदवार सार्वजनिक…

Read More