Author: महेन्द्रनगर पोष्ट

बाजुरा- बाजुरामा काफल खानेक्रममा रुख ढल्दा सात जना घाइते भएका छन् । जिल्लाको बडिमालिका–८ को वनमा काफल खोनक्रममा रुख ढलेर सोही स्थानका १४ वर्षका दिपक रावल, १६ वर्षका कमल रावल, दिलु रावल, कमल रावल, भीम रावल, विवेक रावल र सुजन रावल घाइते भएका छन् । उनीहरु करिव ५ बजेतिर सोही वडाको खर्रा भन्ने ठाउँमा शनिवार काफल खान गएका थिए । घाइते भएका सात जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

नेपालगञ्ज । नेपालगञ्जमा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । भागबन्डामा नपरेपछि नेपालगन्जका माओवादी नेताहरूले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् । सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली काँग्रेसलाई दिने सहमति भएको थियो ।

Read More

कैलाली- स्थानीय तहको निर्वाचनको समयमा भारतसंग सीमा जोडिएका जिल्लाका नाका ७२ घण्टासम्म बन्द गरिने भएको छ । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो । गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका…

Read More

कैलाली- सुदूरपश्चिममा पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । मधेश केन्द्रीत दलसँग चुनावी तालमेल गर्दै जसपाले धनगढीको मेयर र उपमेयरमा उम्मेदवार उठाएको हो । जसपाले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको हो । जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ । अब जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने जनाएको छ ।

Read More

कैलाली- सत्ता गठबन्धन दलले धनगढी उमहागरपालिकामा नेपाली कांग्रेसले मेयर र नेकपा (माओवादी केन्द्र)ले उपमेयरको उम्मेदवार उठाउने भएका छन् । शनिबार काठमाडौँबाट धनगढी फर्केका वडले आफूले मेयरको टिकट पाएको बताए। उनी मेयरको टिकटका लागि केही दिनदेखि काठमाडौँमा थिए। उनी यसअघि २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै मेयर भएका थिए । यस पटक पनि हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिश भएको थियो । त्यस्तै, माओवादीले अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीले अधिकारीलाई नै उपमेयर बनाउने…

Read More

काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो । सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ । अब दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । पार्टीको नगर समितिले एमालेसँग गरेको सहमतिप्रति जनमुक्ति पार्टीको एक समूहले…

Read More

दार्चुला – आसन्न स्थानीय तह चुनावका लागि दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तालमेल हुने भएको छ । एमालेको शैल्यशिखर नगर कमिटी र नेपाल कम्युनिष्ट पार्टीकाबीच शनिवार संयुक्त रुपमा निर्वाचनमा जाने सहमति भएको एमालेका विद्यार्थी नेता राजेशसिंह बिष्टले सीमारेखालाई बताए । एमालेको तर्फबाट पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, लक्ष्मी बिष्ट, गंगा जोशी र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भरत मल्ल, जीवन बिष्ट र मदनसिंह साहुले उक्त सहमति गरेका हुन् । ‘शैल्यशिखरको हकमा सहमति जुटिसकेको र यही सहमति जिल्लाव्यापी रुपमा लागू गर्ने गरी थप छलफल भइरहेको छ,’ बिष्टले भने । एमालेले शैल्यशिखरमा बिजयसिंह धामीलाई…

Read More

काठमाडौं – नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन । पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार…

Read More

दार्चुला – दार्चुलामा अधिकांश स्थानीय तहका जनप्रतिनिधि दोहोरिन चाहेका छन् । २ नगरपालिका र ७ गाउँपालिका गरेर कुल ९ स्थानीय तह रहेको दार्चुलामा अधिकांश जनप्रतिनिधिहरू दोहोरिन चाहेका हुन् ।जिल्लाका ५ वटा स्थानीय तहका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न आकांक्षी छन् । जसमध्ये नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका लेकम गाउँपालिका अपि हिमाल गाउँपालिका तथा दुहुँ गााउँपालिका अध्यक्षहरू दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनिसकेका छन् । त्यस्तै मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका व्यासँ गाउँपालिकाका अध्यक्षहरू पार्टीको निर्णय अनुसार अगाडि बढ्ने बताएका छन् । यस अर्थमा उनीहरू उमेदवार बन्न चाहेको तर पार्टीले टिकट दिने वा नदिनेमा निर्णय नगरिसकेको बुझिन्छ । पार्टीले टिकट दिएमा उनीहरू…

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छैन ।  शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भएपनि विराटनगर र ललितपुर महानगर मेयरको उम्मेदवारमा सहमति हुन सकेको छैन । शीर्ष नेतामा सहमति नजुटि कार्यसम्पादन समिति बैठकमा नजाने सभापति शेरबहादुर देउवाको तयारी…

Read More