Author: महेन्द्रनगर पोष्ट

कैलाली- सशस्त्र प्रहरीले कैलालीमा झण्डै चार लाख मूल्य बराबरका भन्सार छलीको अबैध सामान बरामद गरेको छ । आइतबार जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट ३ लाख ९६ हजार ३१० मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ट्राफिक चौराह र वडा नम्बर ३ मिलनचोक इलाकामा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण डक्वाटरले जनाएको छ । मोबाइलका सामान, हार्डवयर, कपडा र किरानाका सामान बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।

Read More

तनहुँ- तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गर्नुभएको हो । उहाँहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुनुहुन्छ । शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गर्नुभयो । उहाँले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको…

Read More

वीरगञ्ज- सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ । आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादीले नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटीले धनगढी उपमहानगरको मेयर र उपमेयर पदका लागि उम्मेदवार बन्न सिफारिस गरेको हो । मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । यस्तै उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा…

Read More

कैलाली- सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढी उपमहागनरपालिकाको मेयरका लागि सात जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदका लागि धनगढी नगर कमिटीले नाम माग गरेपछि सात जनाले दाबी प्रस्तुत गरेका हुन् । नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख पदका लागि नाम मागे गरेअनुसार आकांक्षीहरुले नाम दिएका हुन् । नगर कमिटीका अनुसार मेयर पदमा वर्तमान मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, पूर्ण जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले दाबी गरेका छन् । यस्तै उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी…

Read More

काठमाडौं- रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशम्शेर जवरालाई प्रदान गरेको छ । अर्थ सचिवसमेत रहनुभएका राणाले मुलुकको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पु¥याएबापत उहाँलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । सो पुरस्कारको राशि रु पाँच लाख रहेको छ । प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषबाट हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गरिँदै आएको छ । प्रतिष्ठानद्वारा यहाँ आज आयोजित समारोहमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले देशको अर्थतन्त्रलाई आधुनिकीकरण गर्न राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले मानव हित तथा सकारात्मक सामाजिक विकासका क्षेत्रमा सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।…

Read More

काठमाडौं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनयन गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा उहाँले आज थप सदस्य मनोनीत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति देउवाले समिति सदस्यमा किरण यादव, फखरुद्दीन खान, प्रकाश पन्थ, उमा वादी, सन्तोषमणि नेपाल, डा लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सिना, नीलकण्ठ शर्मा, विभूषण विष्ट, शिशिर खनाल, सरोज पाठक, कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा ई सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरीलाई मनोनीत गर्नुभएको…

Read More

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज हुनुभएको हो । अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत सम्पूर्णलाई धन्यवादसमेत दिनुभयो । केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ज्वरो र वान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताउनुभयो । मन्त्री रेग्मीलाई चिकित्सकले…

Read More

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खरिदार तिवारीलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बण्ढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

Read More

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं महानगरपालिका समितिले स्थानीय तहको निर्वाचनका लागि नीलकाजी शाक्यको नाम मेयरका लागि सिफारिस गरेको छ । आइतबार बसेको बैठकले शाक्यको नाम सर्वसम्मत सिफारिस गरेको हो । महानगरबाट शाक्यबाहेक अरु कसैको नाम सिफारिस नभएको समितिले जनाएको छ ।

Read More