Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने तयारी गरेको छ । दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले आज सरकारले निर्णय गर्न लागेको हो । आईजीपी नियुक्तलगायतका विषयमा निर्णय गर्न आज विहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सशस्त्रमा केहीदिन अघि राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ। एक मात्र एआईजी भएकाले उनी नै आईजीपीमा बढुवा हुने निश्चित जस्तै छ। तर, नेपाल प्रहरीमा भने आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना एआईजी रहेका छन् । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी…

Read More

मुम्बई- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।​ राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान…

Read More

कैलाली– स्थानीय तहको निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट नौ सय बढी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशका विभिन्न जिल्लाका नौ सय २४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका विभिन्न पदमा करिब एक लाख ५३ हजार बढी उम्मेदवारी परेको आयोगले नाएको छ । निर्वाचन आयोगले शनिबार नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।

Read More

काठमाडौं- काठमाडौंमा कैलालीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौँ–१६ रानीबारीमा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

Read More

रुपन्देही- रुपन्देही प्रहरीले दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ । ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

दार्चुला- दार्चुलामा विहीबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । विद्युत नहुँदा दैनिकी कामकाज प्रभावित हुनुका साथै अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । दार्चुला सदरमुकाम खलंगासहित जिल्लाभरीको विद्युत सेवा तीन दिनदेखि अवरुद्ध भएको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ । विद्युत लाइनमा मर्मतको काम चलिरहेको भएपनि सञ्चार सेवा समेत अवरुद्ध हुँदा ढिलाइ भइरहेको विद्युत कार्यालयका प्राविधिक कर्मचारी सुरेश भट्टले बताए । तीन दिनदेखि बिजुली नआउदा मोबाइल चार्ज गर्न समेत समस्या भएको लेकमका स्थानीय प्रेम बिष्टले जानकारी दिए । ‘राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु…

Read More

दार्चुला- सुदूरपश्चिम प्रदेशका दार्चुलासहित तीन पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध बनेको छ । शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टेलिकम कार्यालयका अनुसारे हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर चुडिएपछि दार्चुला, बैतडी र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्यतका पोल ढलेपछि फाइबर ब्रेक हुँदा नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस कल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधक टोली खटिएको टेलिकमले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेलाबेला नेपाल टेलिकमको…

Read More

कैलाली- सत्तारुढ गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका नृपबहादुर वडले यसपालीको चुनावमा कसैसँग पनि आफ्नो प्रतिस्पर्धा नहुने बताएका छन् । पत्रकारसंगको भेटघाटका क्रममा बोल्दै उनले यसपाली पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरे । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस एक्लै लड्दा पनि प्रतिस्पर्धा थिएन स्वतन्त्रसँग प्रतिस्पर्धा हुने सम्भावना भएन,’ उनले भने, ‘दलीय व्यवस्थामा मानिसले निर्दलको विश्वास गर्दैनन् । त्यही भएर यसपाली पनि मेरो कोही प्रतिस्पर्धी छैनन्’ अघिल्लो चुनावमा एक्लै चुनाव लड्दा विजयी भएको भन्दै उनले यसपटक गठबन्धनका सामू कोही प्रतिस्पर्धी नभएको दाबी गरे । ‘चुनाव जित्नेमा कुनै समस्या छैन्,’ उनले भने, ‘पाँच दलीय गठबन्धनका अगाडि कसैको केही चल्दैन ।’…

Read More

कैलाली– कैलालीको एक होटलमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा एक अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ । शनिवार दिउँसो साढे १ बजे भोजपुर घर भएकी रोशनी राई मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले बताए । उनका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको प्रहरी सहायक निरीक्षक उपाध्यायले बताए ।

Read More

अछाम- अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समताजबादीबीच चुनावी तालमेल भएको छ । पार्टी विभाजन भएदेखि एक अर्कालाई निषेध गरिरहेका दुई पार्टीबीच गाउँपालिकामा चुनावी तालमेल भएको हो । सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ । एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्ष उठेका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई पार्टीबीच तालमेलबारे समहमति भएको एमाले अछामका सचिव भीमवहादुर रावलले बताए । सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएकी थिइन् । सातवटा वडा रहेको पालिकामा छ वडा एमाले र समाजवादीले एउटा…

Read More