Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको तालमेल मिलाउन आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेतासहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो । बैठक आज बिहान ९ बजेका लागि बोलाइएको जजनाइएको छ । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि तालमेलका विषयमा छलफल भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार गरेको प्रस्तावअनुसार, आज गठबन्धनको बैठकमा तालमेल मिलाउन छलफल हुने जनाइएको छ। गठबन्धनमा रहेका दलले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई दिने र अन्य तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका छन्…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुनुभएको थियो । उहाँ काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रासस

Read More

कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ । मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताउनुभयो । उहाँले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताउनुभयो । “फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो ।” उहाँले भन्नुभयो, “विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो ।”…

Read More

काठमाडौँ- हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । जसले गर्दा पहाडी क्षेत्रको मौसममा केही बदली भइरहेको छ । आज देशको पहाडी भूभागमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

काठमाडौं- सशस्त्र प्रहरीका डिआइजी राजु अर्याल सशस्त्र प्रहरीको एआइजी बढुवामा सिफारीस भएका छन् । एआइजी पुष्पराम केसी आइजी भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा गर्न लागिएको हो । उनी आइजीका एक्ला दाबेदार हुन् ।

Read More

कैलाली- सशस्त्र प्रहरीले कैलालीमा झण्डै चार लाख मूल्य बराबरका भन्सार छलीको अबैध सामान बरामद गरेको छ । आइतबार जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट ३ लाख ९६ हजार ३१० मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ट्राफिक चौराह र वडा नम्बर ३ मिलनचोक इलाकामा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण डक्वाटरले जनाएको छ । मोबाइलका सामान, हार्डवयर, कपडा र किरानाका सामान बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।

Read More

तनहुँ- तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गर्नुभएको हो । उहाँहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुनुहुन्छ । शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गर्नुभयो । उहाँले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको…

Read More

वीरगञ्ज- सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ । आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादीले नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटीले धनगढी उपमहानगरको मेयर र उपमेयर पदका लागि उम्मेदवार बन्न सिफारिस गरेको हो । मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ । यस्तै उपमहानगरपालिकाको उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ । वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा…

Read More

कैलाली- सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढी उपमहागनरपालिकाको मेयरका लागि सात जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदका लागि धनगढी नगर कमिटीले नाम माग गरेपछि सात जनाले दाबी प्रस्तुत गरेका हुन् । नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख पदका लागि नाम मागे गरेअनुसार आकांक्षीहरुले नाम दिएका हुन् । नगर कमिटीका अनुसार मेयर पदमा वर्तमान मेयर नृपबहादुर वड, काँग्रेसका महाधिवेशन प्रतिनीधि कृष्णबहादुर महरा क्षेत्री, पूर्ण जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले दाबी गरेका छन् । यस्तै उपमेयर पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी…

Read More