Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: शुक्रबार प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा हस्ताक्षर भएको छ। प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर र त्रिविको व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माबीच प्रहरी प्रधान कार्यालयमा एमपीएसका बारेमा सम्झौता भएको हो। यो सम्झौता भएसँगै नेपाल प्रहरीमा अब औपचारिक रूपमा स्टाफ कलेज कोर्स सुरुवात भएको छ। प्रहरीको नीति तथा समन्वय समिति (पीसीसी)बाट गत जेठमा प्रस्ताव स्वीकृत भएपछि स्टाफ कलेजको कोर्सलाई अघि बढाइएको थियो। प्रहरी महानिरीक्षक (आइजीपी)को नेतृत्वमा रहेको पीसीसीले प्रस्ताव पारित गरेपछि यही आर्थिक वर्षबाट स्टाफ कलेज कोर्स लागु गर्ने गरी तयारी अघि बढाइएको छ। सोही अनुसार शुक्रबार त्रिविसँग सम्झौता भएपछि…

Read More

काठमाडौं: गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय पठाएको छ। सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि शुक्रबार अर्थ मन्त्रालयको पठाएको हो। गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सह–सचिव भरतमणि रिजालका अनुसार अर्थमा सो विधेयक पठाइएको हो। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने बताएका थिए। अर्थ मन्त्रालयबाट राय–परामर्श आइसकेपछि विधेयकलाई गृह मन्त्रालयले कानुन मन्त्रालय पठाउने छ। कानुनबाट विधेयक गृहमा आएपछि मन्त्रिपरिषदमा पठाइने सहसचिव रिजालले बताए। ‘मन्त्रिपरिषदमा पठाइसकेपछि हामी लोकसेवा आयोगको परामर्श लिन्छौं। त्यसपछि…

Read More

काठमाडौं: गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन्। तत्कालिन गृहसचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको जिम्मेवारी दुवाडीलाई दिइएको हो। राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका दुवाडीलाई उक्त जिम्मेवारी दिइएको स्रोतले जनाएको छ। यसअघिका गृहसचिव अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए।त्यसपछि अन्य आकांक्षीहरुलाई पाखा लगाउँदै दुवाडीले गृहमन्त्रालयको जिम्मेवारी पाएको जनाइएको छ।

Read More

काठमाडौं: स्नातकोत्तरमा प्रहरी विज्ञान (एमपिएस) कार्यक्रम संञ्चालनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझौता भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। एमपिएस कार्यक्रम सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने आईजीपी कुँवरले बताए। समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने उनको भनाई छ। रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका…

Read More

कञ्चनपुर: पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन। व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन्। बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ। ‘ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ। लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ’, स्थानीय डम्बर कार्कीले भने, ‘कल्भर्ट चाँडै बनाइदिए सजिलो हुन्थ्यो।’ गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो। त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै…

Read More

बैतडीः बैतडीबाट १६ सय केजी भन्सार छलीको चिनीसहित दामोदर कलौनी पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ४४ हजार मूल्य बराबरको १६ सय केजी (३२ बोरा प्रति बोरा ५० केजीका दरले) चिनीसहित पञ्चेश्वर गाउँपालिका–३ बस्ने ४८ वर्षीय दामोदर कलौनी बिहीवार पक्राउ परेका हुन्। कलौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त चिनी फेला पारी पक्राउ गरेको जनाएको छ। उक्त ट्रक, चिनी र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी: गृहमन्त्री रमेश लेखकले प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीको नवनिर्मित भवन तथा नेपाल प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोलपम्पको बिहीबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलगायत संगठनलाई थप सक्षम बनाउने, अपराधसँग सम्बन्धित कानुन तथा प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले भने, ‘कानुन बनाउने कुरा अगाडि बढ्न नसकेका कारण अहिले प्रहरीमा केही अन्यौलता, अनिश्चितता र दुविधा हुने स्थिति भयो। मुद्दा मामिला पनि अदालतमै जाने स्थिति सिर्जना भएको हुनाले चाँडै हामी नयाँ ऐन बनाउँछौँ।’ नेपाल प्रहरीको कानुन निर्णय गरेर पठाइसकेको उल्लेख…

Read More

धनगढी : गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा निर्माण गरिएको आधुनिक पेट्रोल पम्पको गृहमन्त्री लेखकले बिहीवार उद्घाटन गरेका हुन्। सो पम्प सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा छ। लेखक पेट्रोल पम्पको अवलोकनसमेत गरेका थिए। नेपाल प्रहरी कल्याण कोषको पाँच करोड ८७ लाख ७८ हजार ४ सय ४५ रुपैयाँ लागतमा धनगढीमा पेट्रोल पम्प तथा पूर्वाधारहरूका निर्माण गरिएको प्रदेश प्रहरीले जनाएको छ। यस्तै गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरी ब्यारेकको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ मा निर्माण गरिएको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस तथा क्वाटर गार्डको बिहिवार गृहमन्त्री लेखकले उद्घाटन गरेका हुन्। गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी…

Read More

धनगढी: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए। पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्रसमेत पठाइसकेको छ। सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ। प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए। एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२…

Read More

धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आफू निर्मला पन्त हत्या प्रकरणलाई लिएर गम्भीर बनेको बताएका छन्। आज (बिहीबार) महेन्द्रनगर आयोजित एक पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले सो प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि बताए। पत्रकार सम्मेलनमा बोल्दै उनले सो विषय गम्भीर भएको जनाए। “यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने। त्यसैगरि पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने पनि बताए। यस अगाडि निर्मला प्रकरणमा खासै बोल्नै नचाहेका लेखकले चर्को आलोचना भएपछि आफू अनुसन्धानका लागि गम्भीर बनेको बताएका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३…

Read More