Author: महेन्द्रनगर पोष्ट

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवतीलाई पक्राउ गरिएको छ। आज काठमाडौं महानगरपालिका-३१ बानेश्‍वर बस्ने कैलाली गोदावरी नगरपालिका-२ घर भएकी २७ वर्षीया दीपा चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई  भक्तपुर ठिमीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

Read More

धनगढी: नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए। पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए। प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए। बम बैतडीबाट समानुपातिक सांसद हुन्।

Read More

धनगढी: प्रहरीले कैलालीको धनगढीबाट अवैध मालसामान नियन्त्रणमा लिएको छ। आज (मंगलबार) बिहान ४ बजेतिर धनगढी उपमहानगरपालिका १७ पटेलाबाट लाखौंका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्द र सुदूरपश्चिम प्रदेश प्रदेश कार्यालय धनगढीका वरिष्ठ सई बासुदेव अवस्थी नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको हो। प्रहरीले बेवारिसे अवस्थामा फेला पारेका सात लाख बढीका मालसामान (लत्ताकपडा) बरामद गरेको जनाएको छ।

Read More

काठमाडौं : चौतर्फी विरोध सुरु भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्। २५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए। २२ साउनमा मात्रै उनले पाँच राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए । त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो । सत्तारूढ दलकै नेताहरूले मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा बिरोध गरेका थिए। बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीका इन्सपेक्टर तिलकबहादुर बमविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । आन्दोलनकारीमाथि अत्याधिक बल प्रयोग गरेको आरोपमा उनीमाथि कारबाही माग गरिएको छ । गत शनिबार नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको पक्षमा माइतीघरमा भएको आन्दोलनमा इन्सपेक्टर बमले केही अभियान्ताहरुमाथि बल प्रयोग गरेका थिए । सोम शर्मा लगायत केहीलाई भुईमा लडाएर मुक्काले हानेको भिडियो भाइरल भएको छ । भिड नियन्त्रणमा न्यूनतम बल प्रयोग गर्नुपर्नेमा नियन्त्रणमा लिएर कुटपिट भएपछि प्रहरी विवादमा परेको हो ।

Read More

धनगढी : निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ । छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू सहभागी थिए । सुदूरपश्चिममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद खाली छ । त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६का वडाध्यक्ष पद पनि खाली छ । सुदूरपश्चिममा उपाध्यक्षसहित ५…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा गितादेवी माललाई नियुक्त गरिएको छ। संसदीय दलका नेता मानबहादुर धामी (सन्तोष) ले माललाई नियुक्त गरिएको जानकारी दिए। उनका अनुसार यस अगाडि प्रमुख सचेतक नियुक्त गरिएकोमा अहिले उनलाई नियुक्त गरिएको हो। माल पूर्वमन्त्री समेत हुन्। उनी तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बनेकी थिइन्। उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।

Read More

धनगढी : सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य खाना फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमनका क्रममा अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो । अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिजभित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिँदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए । सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मःमः, ३ किलो कलर हालेको अचार, ३ किलो कुखुराको मासु र १० लिटर दुध बरामद गरी नस्ट गरिएको छ । अस्पतालको क्यान्टिनलाई…

Read More

धनगढी: अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका प्रमुख तथा प्रहरी हवल्दार शिद्धराज विष्ट सम्मानित भएका छन्। धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा लागेको श्री शिवपुराण ज्ञान महायज्ञ अभिषेकात्मक अनुष्ठान तथा श्रृंगारिक महाआरती कार्यक्रममा उनलाई सम्मान गरिएको हो। उनले साउन महिनाभर बेहडाबाबा मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि यात्रा सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको कमाण्डमा अहिलेसम्मकै राम्रो ट्राफिक व्यवस्थापन भएको दाबी गरिएको छ। यसअघि सो क्षेत्रमा दर्शन गर्न जाँदा भीडभाड लाग्ने गरेको थियो। साथै उनले धनगढी उपमहानगरपालिका–१९ फुलवारी लगायतका क्षेत्रमा पछिल्लो समय उत्कृष्ट काम गर्दै आएका छन्। उनले त्यहाँका नागरिकमा जनचेतना फैलाउनेदेखि ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै आएका छन्।

Read More

डडेल्धुराः डडेल्धुरामा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको मृत्यु भएको हो। उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका-१० मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। खमौराका ५ वर्षीय अखिल मालीको सर्पले डसेर मृत्यु भएको हो। सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले उनलाई डसेको थियो। लगत्तै मालीलाई धनगढीको नोभा अस्पतालमा पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।

Read More