Author: महेन्द्रनगर पोष्ट

कैलाली- स्थानीय तहको निर्वाचनको समयमा भारतसंग सीमा जोडिएका जिल्लाका नाका ७२ घण्टासम्म बन्द गरिने भएको छ । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो । गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका सीमा जोडिएका जिल्लाहरूका सीमा सुरक्षा अधिकारीहरू बिच भेट वार्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाले अत्यावश्यक बाहेकका सेवाहरू शव बहान, एम्बुलेन्स बिरामी, प्रट्रोलीयम पदार्थ बोकेका गाडीहरू बाहेकका…

Read More

कैलाली- सुदूरपश्चिममा पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । मधेश केन्द्रीत दलसँग चुनावी तालमेल गर्दै जसपाले धनगढीको मेयर र उपमेयरमा उम्मेदवार उठाएको हो । जसपाले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने जनाएको हो । जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ । अब जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने जनाएको छ ।

Read More

कैलाली- सत्ता गठबन्धन दलले धनगढी उमहागरपालिकामा नेपाली कांग्रेसले मेयर र नेकपा (माओवादी केन्द्र)ले उपमेयरको उम्मेदवार उठाउने भएका छन् । शनिबार काठमाडौँबाट धनगढी फर्केका वडले आफूले मेयरको टिकट पाएको बताए। उनी मेयरको टिकटका लागि केही दिनदेखि काठमाडौँमा थिए। उनी यसअघि २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । उनी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै मेयर भएका थिए । यस पटक पनि हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिश भएको थियो । त्यस्तै, माओवादीले अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीले अधिकारीलाई नै उपमेयर बनाउने…

Read More

काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो । सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका उम्मेदवारलाई सहयोग गर्नेछ । अब दुवै दलले चुनाव प्रचार प्रसार अभियान संयुक्त रुपमा सञ्चालन गर्ने एमाले नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगर अध्यक्ष भेकबहादुर सारु मगरले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । पार्टीको नगर समितिले एमालेसँग गरेको सहमतिप्रति जनमुक्ति पार्टीको एक समूहले…

Read More

दार्चुला – आसन्न स्थानीय तह चुनावका लागि दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तालमेल हुने भएको छ । एमालेको शैल्यशिखर नगर कमिटी र नेपाल कम्युनिष्ट पार्टीकाबीच शनिवार संयुक्त रुपमा निर्वाचनमा जाने सहमति भएको एमालेका विद्यार्थी नेता राजेशसिंह बिष्टले सीमारेखालाई बताए । एमालेको तर्फबाट पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, लक्ष्मी बिष्ट, गंगा जोशी र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भरत मल्ल, जीवन बिष्ट र मदनसिंह साहुले उक्त सहमति गरेका हुन् । ‘शैल्यशिखरको हकमा सहमति जुटिसकेको र यही सहमति जिल्लाव्यापी रुपमा लागू गर्ने गरी थप छलफल भइरहेको छ,’ बिष्टले भने । एमालेले शैल्यशिखरमा बिजयसिंह धामीलाई…

Read More

काठमाडौं – नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण हुने मृतकको संख्या थपिएको छैन । पछिल्लो २४ घण्टामा देशभर १७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार…

Read More

दार्चुला – दार्चुलामा अधिकांश स्थानीय तहका जनप्रतिनिधि दोहोरिन चाहेका छन् । २ नगरपालिका र ७ गाउँपालिका गरेर कुल ९ स्थानीय तह रहेको दार्चुलामा अधिकांश जनप्रतिनिधिहरू दोहोरिन चाहेका हुन् ।जिल्लाका ५ वटा स्थानीय तहका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न आकांक्षी छन् । जसमध्ये नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका लेकम गाउँपालिका अपि हिमाल गाउँपालिका तथा दुहुँ गााउँपालिका अध्यक्षहरू दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनिसकेका छन् । त्यस्तै मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका व्यासँ गाउँपालिकाका अध्यक्षहरू पार्टीको निर्णय अनुसार अगाडि बढ्ने बताएका छन् । यस अर्थमा उनीहरू उमेदवार बन्न चाहेको तर पार्टीले टिकट दिने वा नदिनेमा निर्णय नगरिसकेको बुझिन्छ । पार्टीले टिकट दिएमा उनीहरू…

Read More

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छैन ।  शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भएपनि विराटनगर र ललितपुर महानगर मेयरको उम्मेदवारमा सहमति हुन सकेको छैन । शीर्ष नेतामा सहमति नजुटि कार्यसम्पादन समिति बैठकमा नजाने सभापति शेरबहादुर देउवाको तयारी…

Read More

काठमाडौं –  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएकी छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्ने समेत बताइन् । उनले आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुपर्ने र त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्ने बताइन् । मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्नेभन्दै युवा पुस्तालाई संगठित गरेर उद्यममा प्रेरित गर्नुपर्नेमा जोड दिइन् । कृषिप्रधान देशले बर्सेनि तीन खर्ब बराबरको…

Read More

काठमाडौं – सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको हो । यस्तै ११ उपमहानगरमध्ये हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा समाजवादीले पाएको उम्मेदवार पाए पार्टीको एक नेताले जनाएको छ । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको सोही नेताले बताए। पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो । यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको सोही नेताले बताए।…

Read More