Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीले आफूखुशी गैरहाजिर रहेका १३ कर्मचारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ। जवानदेखि सहायक निरीक्षकसम्मका १३  कर्मचारी दुई महिनादेखि गैरहाजिर रहेको भन्दै एक साताभित्र सम्पर्कमा आउन निर्देशन प्रहरी प्रधान कार्यालयले दिएको हो। आफूखुशी गैरहाजिर रहनेमा एक सहायक निरीक्षक, दुई सहायक हवलदार र आठ जवान छन्। त्यस्तै दुई जना प्राविधिक जवान पनि छन्। उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।

Read More

काठमाडौं:  मकवानपुरमा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना गम्भिर बिरामी भएका छन्। राक्सिराङ गाउँपालिका–७, दगुवाङमा शनिबार बेलुका जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Read More

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसैगरी आज राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ ।  

Read More

धनगढी : कैलाली जिल्लामा संचालित जन्मदर्ता व्यवस्थापन प्रणाली कार्यक्रम तथा समयमै जन्मदर्तालाई प्रोत्साहन गर्ने सामाजिक परिचालन परियोजनाको समिक्षा तथा समापन बैठक सम्पन्न भएको छ । जिआइजेटको सहयोगमा एनएनएसडब्लुए कञ्चनपुरद्धारा सञ्चालित उक्त परियोजनाको समिक्षा बैठ्क आइतबार धनगढीमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोश श्रेष्ठले अध्यक्षतामा सुरु भएको थियो भने जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा एनएनएसडब्लुएका कार्यक्रम संयोजक देवराज बडु र जिआइजेटका प्रतिनिधिले प्रस्तुतिकरण राखेका थिए। प्रस्तुतिकरणमा परियोजनाले हासिल गरेका उपलब्धिहरु र तथ्यांकहरुको विवरण प्रस्तुत गरिएको थियो कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले समयमै जन्मदर्तालाई प्रोत्साहन गर्ने यो कार्यक्रम उत्कृष्ट रहेको भन्दै यसलाई निरन्तरता…

Read More

धनगढी : अछामकोको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कार घटनामा संलग्नलाई कारबाही गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले माग गरेका छन् । आज प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक विज्ञप्ति बुझाउँदै प्रदेशका दुई सांसदले घटना प्रति सरकारको ध्यानाकर्षण गराउँदै पिडकलाई कारबाहीको माग गरेका हुन् । एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापा र राप्रपा सांसद खेमा विष्टले उपसचिव कृष्ण नेपाललाई ज्ञापन पत्र बुझाउँदै घटनाको विषयमा ध्यानाकर्षण गराएकी हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री दीर्घ सोडारीलाई आन्तरिक मामिला मन्त्रालयमार्फत नै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको एमाले संसदीय दल उपनेता थापाले जानकारी दिइन् । ‘पञ्चदेवल…

Read More

काठमाडौँ : सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला (निरौला)ले सम्हालेकी छिन्। आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका थिए। अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी हुन्।

Read More

धनगढीः कैलालीको धनगढीबाट नगदसहित पक्राउ परेका सात जना जुवाडे धरौटीमा रिहा भएका छन्। हिजो (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरु आज (आइतबार) धरौटीमा थुनामुक्त भएका हुन्। प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो। उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो। यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई एवं हाल भन्सार एजेन्टको रुपमा कार्यरत मोहनसिंह धामी र व्यापारीहरु कैलाश गुरुङ, धनशेर बिष्ट, बिष्णु लामा र…

Read More

काठमाडौं : काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा (कृष्णप्रसाद शर्मा) र झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ । पूर्वडीएसपी शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय खत्रीलाई अदालतले आइतबार तीन दिन थुनामा राख्न आदेश दिएको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । पूर्वडीएसपी शर्माले मोबाइल वालेट कम्पनीद्वय पेवेल नेपाल र सजिलोपेको मुद्दा मिलाउने भन्दै पैसा लिएको खुलेको थियो । ६० किलो सुन तस्करीको भुक्तानीमा जोडिएका पेवेल र सजिलोपेका सञ्चालकलाई सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु पक्राउ पर्नुअघि नै थाहा पाएर पूर्वडीएसपी…

Read More

धनगढी : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार नतिजा सार्वजनिक गरेको हो । अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ९६ जना छन् । वैकल्पिक सूचीमा रहेको उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ । सूची !

Read More

काठमाडौं : सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन, बाह्रबिसे–३ कै २६ वर्षीय लिलाबहादुर तामाङ, बाह्रबिसे–३ कै २५ वर्षीय च्याङ्बा र हर्के भनिने लोकबहादुर पाख्रिन र बाह्रबिसे–४ का २५ वर्षीय इनकुमार पाख्रिनविरुद्ध मुद्दा चलाइएको हो । यसअघि १७ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाग्यरामलाई पक्राउ गरेको थियो । बाँकी ३ जना अझैसम्म फरार रहेकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो…

Read More