Author: महेन्द्रनगर पोष्ट

धनगढी: भारतको बैङ्लोरमा एक महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ। आज (सोमबार) रोजगारीको सिलसिलामा बैङ्लोरमा रहेकी बैतडीको सिगास गाउँपालिका-७ की दुर्गा साउदको दुर्घटनामा मृत्यु भएको हो। प्रेम साउदकी पत्नीसमेत रहेकी उनको सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले किचेर मृत्यु भएको बताइएको छ।

Read More

धनगढी : बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ परेका छन्। आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न पुगेका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापा चरेशसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा करिब २ दशमलव ५ ग्राम चरेश बरामद गरिएको थियो। चाउचाउको प्याकेट प्वाल पारेर ल्याएको पाइएपछि कारागारमा खटिएका सुरक्षाकर्मीले चेकजाँच गर्दा चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार केसीले बताए। पक्राउ परेका दुबै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी तोकेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारसँग फायर बनेको छ। सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आफ्नो बार्गेनिङ काम नगरेको र आफ्ना योजना नपारेको भन्दै काँग्रेस फायर बनेको हो। सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यका चार करोड र समानुपातिक प्रदेश सभा सदस्यका दुई करोड बराबरका योजना बजेटमा समेट्ने समझदारी बनेपनि कार्यान्वयन नभएको काँग्रेसको दाबी छ। सोमबार धनगढीस्थित प्रदेश सभा परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले सरकारले समझदारी कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि प्रकट गरेको हो। ‘सुरुमा हामीले मुख्यमन्त्रीलाई सांसदको सिफारिसमा १० करोड बराबरको योजना बजेटमा पानुपर्छ भनेर प्रस्ताव गरेका थियौँ,’ कांग्रेसका प्रमुख सचेतक बिक्रम…

Read More

काठमाडौं: नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ। सोमबार अपराह्न साढे चार बजेतिर टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने समस्या देखिएको हो। सो समस्या अहिले पनि जारी छ। तर समस्याको कारण भने खुलेको छैन। सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन।

Read More

धनगढीः कैलालीका अत्तरियामा बिग्रेको सिसिटीभीको मर्मत गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत पर्ने राजमार्ग र बजार क्षेत्रमा जडान गरिएका सिसिटीभीको मर्मत गरिएको हो। जडान गरिएका तर बिग्रिएका सिसिटीभीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक उद्धवराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मर्मत गरेको बताइएको छ। जसमा १३ थान सिसिटीभीको मर्मत गरेर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनकुटा जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट अर्जुन मेहताले देहत्याग गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका-६ घर भएका २८ वर्षीय मेहताले पत्नीबाट धोका पाएको भन्दै देहत्याग गरेका हुन्। केही दिनका लागि बिदामा घर गएका उनी ८ गतेका दिन बिहान मृत अवस्थामा भेटिएका थिए। सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। मृतक कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा दरबन्दी भइ धनकुटा जिल्ला अस्पतालमा २०७८ कात्तिकदेखि कार्यरत थिए। स्रोतकाअनुसार उनी करिब चार वर्षयता एक युवतीसँग प्रेम सम्बन्धमा थिए। त्यसपछि उनले हालै विवाह पनि गरे। तर पछिल्लो समय युवतीका आफन्तले पैसाका लागि बार्गेनिङ गरेको र डिमान्ड पूरा नगरे मुद्दा हाल्ने धम्की दिएपछि उनीहरुबीच…

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको छ। उता सशस्त्र प्रहरी बल नेपालमा भने नारायणदत्त पौडेललाई निमित्तको जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यूएनकप्स समिटमा सहभागी हुन आज (सोमबार) अमेरिका प्रस्थान गरेपछि थापा र पौडेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। उनीहरुले प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्। गृहसचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ सम्म संचालन हुने चौथो युनाइटेड नेशन्स चिफ्स अफ पोलिस समिट (यूएनकप्स) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको…

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाले झण्डै ३० लाखको खाजा मात्रै खाएको छ । २३ लाखमात्रै आम्दानी रहेको बित्थडचिरमा एक बर्षमा ३० लाखको खाजा मात्रै खाएको महालेखाले पुष्टि गरेको छ । बित्थडचिरमा आर्थिक बर्ष २०७९/०८० मा २३ लाख ५३ हजार १४४ आन्तरिक आम्दानी हुदाँ २४ लाख ९९ हजार ९९१ को खाजा तथा खानामा खर्च गरेको छ । त्यस बाहेक पालिकाको सभा सञ्चालनको नाममा ५ लाख खर्च गरेको छ । यसरी मनोमानी ढंगले गरेको खर्चलाई अनियमिता भएको भन्दै खर्च अनुपातमा मितव्ययी हुनुपर्ने ठहर गरेको छ । गाउँपालिकाले आन्तरिक आयको १ सय २७ प्रतिशत बढी खाजामा खर्च गरेको हो । महालेखा परिक्षकको प्रतिवेदनमा…

Read More

धनगढी : धनगढीको लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ धार्मीक भ्रमण कार्यक्रममा उपमहानगरपालिकाबाट १६ लाख ७५ हजार ७२० रुपैयाँ लिएको पाइएको छ तर मन्दिरले उपमहानगरपालिकालाई खर्चको बिल नबुझाउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ। लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिले १६ लाख ७५ हजार भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ। मन्दिर सञ्चालक समितिले भ्रमणका क्रममा गाडीमा इन्धन प्रयोग गरेको भनि ६ लाख ८६ हजार रकम दाबी गरि भुक्तानी लिएको तर खर्चलाई पुष्टि गर्ने इन्धनको बिल पेश नगरेको देखिएको भनिएको छ। महालेखाले पालिकाले उक्त खर्च पुष्टि गर्ने बिल पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रकम भनि उल्लेख गरेको छ।

Read More