Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । मलेशिया, पपुवान्युगिनी र नेपाल सम्मिलित सिरिजको फाइनलमा नेपालले पपुवान्युगिनीलाई ५१ रनले पराजित गर्दै उपाधि हात पारेको हो । सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको १६८ रन पछ्याउने क्रममा पपुवान्युगिनी ११८ रन बनाउँदा अलआउट भए पछि नेपालले उपाधि हात पारेको हो । नेपालले सिरिजमा अपराजित रहँदै सिरिजमा कब्जा जमाएको हो । फाइनल खेलमा दिपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट प्रदर्शनले नेपालले जित हात पारेको हो । टस हारेर ब्याटिङ गरेको खेलमा दीपेन्द्रले नटआउट ५४ रन बनाए भने करण केसीले ३३ रन बनाएका थिए ।…

Read More

अमेरिका – अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ । मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ ।

Read More

किभ – आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए । गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । ‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ ।रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको छ । रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस्तो छ सूचीः

Read More

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव बैंक्ले पारित गरेको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको हो। सो सभाले आइतबार सम्पन्न सञ्चालक समितिको ५१२ औँ बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त…

Read More

काठमाडौँ – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च जानुअघि उनीहरूले बढुवा विरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर…

Read More

कञ्चनपुर – भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो । मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ ।

Read More

कञ्चनपुर – सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आज बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन् । “तालमेलबारे सामान्य छलफल भएको छ”, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भने, “सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुङ्गोमा पु¥याउनका लागि अर्को बैठक चैत २३ गते राख्ने निर्णयसमेत भएको छ ।” राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार काष्ठमण्डपको उद्घाटन गर्दै छिन्। पुनर्निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि निर्माण सकिएको हो। आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । ०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो। करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको पुनर्निर्माण समितिले जनाएको छ । पहिले एउटै काठले बनेको काष्ठमण्डपको पुनर्निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरू प्रयोग गरिएको छ। यो सँगै अब एउटै काठले बनेको भन्ने किंवदन्ती हटेको छ । भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौं शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको…

Read More

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीयसहित ६ निमार्ण व्यवसायी तथा आपुर्तिकतालाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै टीबीइए इनर्जी९भारत० प्राइभेट लिमिटेडलाई तीन वर्ष र चिराग कन्स्ट्रक्सन गोरखा, कर्णाली विल्डर्स, जनकपुरधाम, फैजल एन्ड अफजल कन्स्ट्रक्सन रौतहट, कशुलदेव निर्माण सेवा, रसुवा र तितुङ कन्स्ट्रक्सन प्रा।लि। काठमाडौँलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो । कालो सूचीमा राखिएका कम्पनीहरूले (आज) सोमबार देखि नै कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Read More