काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ । यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो । १६ सदस्यीय टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन् । यस्तै प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कञ्चनपुरमा प्रहरीले ६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १७ मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार रुपैष बराबरको कपाल बाध्ने रबर, लालझाँडी गाउपालिका १ डाडा बिछुवाबाट अन्दाजी मूल्य ५ लाख ६७ हजार रुपैया बराबरको प्याज, ३ थान मोटरसाईकल बरामद गरेको छ । यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १, २ बैजुडाडा र भैसोरबाट अन्दाजी २९ हजार ५ सय ५ रुपैया बराबरको खाने तेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामानहरु गरि जम्मा ६ लाख १ हजार ५ सय ५ रुपैया बराबरको सामानहरु प्रहरी गस्ती…
धनगढी : धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) ले वक्तृत्वकला प्रतियोतिा सम्पन्न गरेको छ । स्ववियुले सरस्वती पुजाको अवसर पारेर बुधबार क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा ४३ जना विद्यार्थी सहभागी रहेकोमा किरण पनेरु प्रथम भएका छन् भने रमिता बोहरा र कमला ओझा क्रमशः द्धितिय र तृतिय भए । स्ववियु सभापति कुवेर खड्काले वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीलाई नगद ३ हजार, दुई हजार र एक हजार रुपैयाँ र प्रमाणपत्र दिइएको बताए । खड्काको अध्यक्षतामा आयोजना गरिएको प्रतियोगितामा प्रमुख अतिथि अनेरास्ववियु सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनोज राई रहेका थिए भने सहायक क्याम्पस प्रमुख नरेश पन्त…
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत टाउकोमा चोट लागेको छ । मंगलबार राती घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो । उनको अनुहार र आँखाको परेलामा चोट लागेका उनको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ । घाउँ भएको ठाउँमा चार वटा टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले जनाकारी दिएका छन् । हिड्दा हिड्दैको अवस्थामा अचानक लडेका रावतलाई स्थानीय घोडाघोडी अस्पतालमा पुगाएका थिए । नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन । उनले भने ‘अचानक चक्कर आए जस्तो भो ? त्यही लडे छु ! ब्लड धेरै बगेको रहेछ ।’ चोटकै कारण बुधबारका लागि…
धनगढी : कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका ६ जनामध्ये ४ जना छुटेका छन्। हिजो (मङ्गलबार) र आज (बुधबार) समेत पक्राउ परेका ४ जना रिहा भएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक छुटेका हुन्। अनुसन्धानका बखत हिरासतमा राखि राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा छोडिएको चन्दले बताए। तर स्रोतका अनुसार गृहमन्त्रालय सहितको दबाबले माओवादी नेतालाई २४ घण्टासमेत हिरासतमा नराखी छोडिएको हो। तर सोही…
काठमाडौं : पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीले जीबी राई जोडिएको सहकारीमा आफ्नो कुनै सरोकार नरहेको दाबी गरेका छन् । जीबीले रकम हिनामिना गरेको आरोपमा अनुसन्धान चलिरहेको पोखरास्थित सूर्यदर्शन सहकारीको सामान आफूले नराखेको जोशीको जिकिर छ । नेचरहब्स कम्पनीमा पहिले आफू पनि संलग्न रहेको तर जीबी राईसँगको व्यापारिक सोझेदारी तीन वर्षअघि नै छोडिसकेको दाबी जोशीले गरे । नेचरहब्सले नै आफ्नो शंखमूलस्थित घर दुई वर्षका लागि भाडामा मात्रै लिएको जोशीको भनाइ छ । मैले जीबी राईसँग नेचरहब्ससँगको साझेदारी २०७७ सालमै छोडेको हो । नेचहब्सले मेरो घर दुई वर्षका लागि भाडामा लिएको थियो । २०८१ मा सम्झौता सकिन् पूर्व डीआईजी जोशीले भने, राईको…
धनगढी : संगठनभित्र अराजकता बढ्दै गएपछि नेपाल प्रहरीले बाध्य भएर चेतावनीसहितको परिपत्र गरेको छ । सामाजिक सञ्जालमा आफ्नै संगठनविरुध्द आलोचना भएका समूहमा आवध्दता जनाएको पाइएपछि हेडक्वार्टरले सर्कुलर जारी गरेको बताइएको छ । सामाजिक सञ्जालमा सहभागिताबारे आफ्ना कर्मचारीको निम्ति प्रहरीले यसअघि नै सामाजिक सञ्जाल व्यवस्थित गर्ने सम्बन्धी गाइडलाइन्स २०७१ जारी गरिसकेको छ । त्यस्तै प्रहरी नियमावली २०७१, प्रहरीको मिडिया सम्बन्धी नीति २०६०, आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को समेत बर्खिलाप हुनेगरी कर्मचारीहरु हौसिएर सामाजिक सञ्जालमा सहभागी हुने गरेको पाइएपछि कडाइको निम्ति आइजीपीको सचिवालय अस्ति सबै युनिटमा सर्कुलर जारी गर्न बाध्य भएको बुझिएको छ । सर्कुलरमा भनिएको छ, ‘प्रहरी कर्मचारीहरुबाट संगठनप्रति नै नकारात्मक…
धनगढी : सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धिकरणमा तानिएका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरेको छ । ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको हो । विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबिआई बैंक,एभरेष्ट बैंक,एनआइसी बैंक, कुमारी बैंक,लक्ष्मी सनराइज बैंक,सिद्धार्थ बैंक,कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक,प्राइम कमर्सियल…
धनगढी : कञ्चनपुरको एपीएफ स्कुल झलारीमा भर्ना खुलेको छ। आगामी बैशाखदेखि पढाइ सुरु हुने गरि पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा भर्ना खुलेको हो। आज (बुधबार) बोर्ड राखेर भर्ना स्कुलले भर्ना सम्बन्धि जानकारी गराएको हो। शिक्षाको क्षेत्रमा पछाडी परेको सुदूरपश्चिम प्रदेशमा शिक्षामा थप टेवा पुरयाउने उद्देश्यले यहाँ एपीएफ स्कुल सञ्चालनमा आउन लागेको हो। २०८१ साल बैशाख महिनादेखि सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रद्वारा संचालित पूर्ण आवासीय नेपाल एपिएफ स्कुल झलारी कञ्चनपुरमा कक्षा ४ र ५ मा नयाँ भर्ना खुलेको स्कुल प्रशासनले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन…
काठमाडौं : मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ। यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। वर्षाले प्रभावित खेलमा जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन्। सीता राना मगर १७ रनमा आउट भइन्। यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो। तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो। जुन नेपालले सहजै भेट्टायो। कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना…