Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा- अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा सम्मानित भएका छन्।ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय राजयोग केन्द्र डडेल्धुराको समन्वयमा विश्वविद्यालयबाट डडेल्धुरा पहिलो श्रेणीमा उत्तीर्ण भएको भन्दै ओझालाई सम्मानित गरिएको हो। शनिबार डडेल्धुरामा एक समारोहकाबीच नगरप्रमुख ओझाले योगा र शिक्षाको महत्व विषयमा स्नातकोत्तर पास गरेका छन्। ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय डडेल्धुरा शाखाले एक कार्यक्रमकाबीच नगरप्रमुख ओझालाई स्नातकोत्तरको प्रमाण पत्र हस्तान्तरण गरेको छ। प्रमाण पत्र हस्तान्तरण गर्दै नगरप्रमुख ओझाले आफूले २०७६ साल मंसिरबाट अध्ययन सुरु गरेको बताए। विश्वविद्यालय डडेल्धुरा शाखाको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राजनीतिक दल, समाजसेवीलागयको सहभागीता थियो।

Read More

जुम्ला – जुम्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो। सो अवधिमा म्यादीका लागि पाँच सय ३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने,‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो।’ तर, यहाँ दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ। उनका अनुसार म्यादी प्रहरी भर्ना लागी दरखास्त दिनेको घुइचो लागेको छ । २२ गतेभित्र म्यादीको अन्तिम नतिजा…

Read More

सर्लाही-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आज दिउँसो आगलागी हुँदा १४ घर जलेका छन्। स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले १४ घरमा क्षति गरेको हो आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए। दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलले तीन घण्टापछि निभाइएको थियो।

Read More

पर्सा-प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ। यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शनिबार अपरान्ह पर्साको पकहामैनपुर गाउँपालिका भएर उनीहरुले हात्ती भारत तर्फ लगिरहेका थिए। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका जितपुर बस्ने बुदिराम महतो रराजु कुमाल रहेका छन्। दुबै माउते हुन्। प्रहरीले हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने जनाएको छ ।

Read More

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले सुधार्न नसकेको बताएका छन्। शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई आफूले सुधार्न नसकेको टिप्पणी गरेका हुन्। माओवादीलाई पखालेर बागमती नै मैलिएको टिप्पणी गर्दै उनले भने, ‘ल्याइयो मिलाएर अलि सच्याउन सकिन्छ कि प्रचण्डलाई भनेर, ल्याइयो। मैले पहिले पनि भने ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा। हाम्रो बागमती नै मैलियो माओवादीलाई पखाल्दा पखाल्दा, साबन लाउँदा लाउँदा। मैले अरुलाई भनेको होइन यो प्रचण्डलाई भनेको है।’त्यस्तै उनले युवाहरुले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको पनि बताएका छन्।…

Read More

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो। चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरि पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो।

Read More

काठमाडौं -नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ। शनिबार नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए। बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो। समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो।

Read More

काठमाडौं-नेपाल भ्रमणमा रहेका चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग केही बेरअघि भेटवार्ता गरेका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर वाङले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। यस क्रममा चीन सरकारद्वारा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थल निर्माण सम्पन्नको साँचो हस्तान्तरण गरेका हुन्।

Read More

दार्चुला- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते हिजो सम्म दरखास्त दिने समय तोकेको थियो। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा जम्मा ७ सय ४२ जना म्यादी प्रहरीको कोटा छ तर जिल्ला प्रहरी कार्यालय दार्चुलामा झण्डै दुई हजार जतिले म्यादी प्रहरीमा आवेदन दिएका छन। हाल सम्म जिल्लामा १ हजार ९९८ जनाले म्यादीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए। जिल्लमा देखियोका यो भिडेले म्यादी प्रहरीका लागि देखिएको यो भीडले नेपालको बेरोजगारीलाई चित्रण गरेको छ। नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको…

Read More

काठमाडौँ-दोस्रो एकदिवशीयमा ३ विकेटले पराजित भएपछि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँगको दुईदेशीय शृंखला २–० ले गुमाएको छ। नेपालले शुक्रबार पहिलो खेलान ६ रनको हार ब्यहोरेको थियो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ४८।३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।

Read More