पर्सा-प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ। यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शनिबार अपरान्ह पर्साको पकहामैनपुर गाउँपालिका भएर उनीहरुले हात्ती भारत तर्फ लगिरहेका थिए। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका जितपुर बस्ने बुदिराम महतो रराजु कुमाल रहेका छन्। दुबै माउते हुन्।
प्रहरीले हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने जनाएको छ ।
Facebook Comments Box