डडेल्धुरा- अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा सम्मानित भएका छन्।ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय राजयोग केन्द्र डडेल्धुराको समन्वयमा विश्वविद्यालयबाट डडेल्धुरा पहिलो श्रेणीमा उत्तीर्ण भएको भन्दै ओझालाई सम्मानित गरिएको हो। शनिबार डडेल्धुरामा एक समारोहकाबीच नगरप्रमुख ओझाले योगा र शिक्षाको महत्व विषयमा स्नातकोत्तर पास गरेका छन्।
ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय डडेल्धुरा शाखाले एक कार्यक्रमकाबीच नगरप्रमुख ओझालाई स्नातकोत्तरको प्रमाण पत्र हस्तान्तरण गरेको छ। प्रमाण पत्र हस्तान्तरण गर्दै नगरप्रमुख ओझाले आफूले २०७६ साल मंसिरबाट अध्ययन सुरु गरेको बताए।
विश्वविद्यालय डडेल्धुरा शाखाको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राजनीतिक दल, समाजसेवीलागयको सहभागीता थियो।
Facebook Comments Box