Author: महेन्द्रनगर पोष्ट

काठमाडौं — राप्रपा जनप्रतिनिधिले काम गरेनन् भने कारबाही गर्ने रेखा थापाले बताएकी छन् । बिहीबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन् । उनले सबै नेता कार्यकर्ताले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्नेमा पनि जोड दिइन् । ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन’, थापाले भनिन् । उनले बुटवल महानगरपालिकामा पार्टीलाई जिताएको खण्डमा जनताको हितमा काम गर्ने पनि उनले बताइन् । यदि बाचाअनुसार काम नगरे जनकारवाही गराउन आफू लागिपर्ने उनको भनाइ छ । ‘यो नगरमा…

Read More

काठमाडौं – ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको बताइएको छ ।

Read More

काठमाडौं – डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका हुन् । केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् । उनले भने, ‘केही केही साथीहरूले यस्तो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ ।…

Read More

काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको सामान बरामद गरेको छ । करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको हो। प्रहरीका अनुसार कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको छ । प्रहरीले ट्रकका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङ रहेका छन् । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्ने क्रममा उक्त सामान फेला पारी बरामद गरेको जनाइएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि तामाङ, बरामद सामान र ट्रकलाई…

Read More

काठमाडाैँ- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ । यीबाहेक, जलविद्युत समूह १० अंकले बढेको छ भने उत्पादनमूलक समूह १३ तथा…

Read More

दार्चुला – दार्चुलामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ । यहि बैशाख ३० गते शुक्रबार तोकिएको स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न निर्वाचन कार्यालय दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले बिहिबारदेखि दार्चुला सहित देशभरी नै जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन आयोगले केही समयअघि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।यससँगै सबै स्थानीय तहमा निर्वाचन अधिकृतहरू तोकी सम्बन्धित…

Read More

काठमाडौं – राप्रपाले ल्याएको चुनावी घोषणपत्रप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् । बुधबारमात्रै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी प्रतिबद्धता जारी गर्दै सुत्केरीलाई तीन महिनासम्म तीन हजारका दरले दिने घोषणा गरेका थिए । यसैप्रति कटाक्ष गर्दै थापाले दलका घोषणापत्र पालिकाको आय बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता दिनेभन्दा पनि वितरणमुखी भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘पालिका भनेको लुटको धनमा फुपूको श्राद्ध गर्ने ठाउँ हो ?’ निःशुल्क विजुली दिने एकीकृत समाजवादीको घोषणापत्रप्रति पनि अध्यक्ष थापाले व्यंग्य गरेका छन् ।

Read More

काठमाडौं – ल्याटिन अमेरिकी मुलुक पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन अर्थात् यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोगलाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रीपरिषद् अध्यक्षको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पेरुका न्याय तथा मानव अधिकार मन्त्री फेलिक्स चेरोले यसबारे जानकारी दिएका हुन् । तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुने छ ।’ न्यायमन्त्री चेरोलाई उद्धृत गर्दै पेरुको राजधानी लिमाबाट प्रकाशित हुने एण्डिना पेरुले जनाएको छ । नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपुंशक बनाइने उनले बताए…

Read More

काठमाडौं – नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । नगर समितिले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी , सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए । त्यस्तै नेकपा एमालेले यसअघि नै काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरिसकेको छ। एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ। शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए। उनले फेरि एक कार्यकाल आफैँ दोहोर्‍याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन्।

Read More