Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ । नायरले भद्रकालीस्थित जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशका सेनाबीचको सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।

Read More

झारखण्ड – भारतको झारखण्ड राज्यको देवघरमा केबलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा थप १ जनाको मृत्यु भएको छ । आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिर दर्शन गर्न जाने क्रममा एक केबलकारको क्याबिन पहाडमा ठक्कर खाएर डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएपछि ५० जना यात्रु हावामै फसिरहेका थिए । ठोक्किएर केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा खसेको र त्यस क्रममा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएको थिए । आइतबार बेलुकीबाट नै भारतीय सेनाले हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो । सोही क्रममा सोमबार एक फसेका व्यक्तिको उद्धारका क्रममा हेलिकोप्टरबाट खसेर मृत्यु भएको भिडियो सार्वजनिक…

Read More

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न केही ठूला नगरहरुमा आगामी आर्थिक वर्षदेखि पाइलट प्रोजेक्ट सुरु गरिने उनले बताए । तराई मधेस केन्द्रित सघन सहरी विकास कार्यक्रममार्फत जनसाङ्ख्यिक सन्तुलन कायम गर्न आबश्यक रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘पहाडी जिल्लाबाट तराई मधेसमा हुने बसाइँसराइलाई निरुत्साहित गर्न हिमाली…

Read More

काठमाडौँ – राष्ट्रियसभा सदस्यमा हालै मनोनीत भएका नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने बताए । नेकपा माओवादी केन्द्रको सिफारिस उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको जिकिर गरे । दाहाल पुनर्स्थापित संसद्‌मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए ।

Read More

मेक्सिको – मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयले सहरी विकाससम्बन्धी आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले अब राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने दाबी गरे । अध्यक्ष दाहालले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहीँ शक्तिले जित्यो भने हामीले बलिदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।’ संविधान…

Read More

काठमाडाैं – चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च ७ खर्ब ६८ अर्ब २५ करोड रहेको छ । यो रकम कुल विनियोजनको ४७.०५ प्रतिशत हो । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै संघिय सरकारको कुल खर्चबारे जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ७२ अर्ब ७८ करोड मात्र रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो । कूल खर्चमध्ये चालु खर्च ६ खर्ब ५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च ९७ अर्ब ६६…

Read More

काठमाडौं – मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य ८०० रुपैयाँले बढेर सुन प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज नेपाली बजारमा तेजावी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ – भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक शिशुका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी हुन् । उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।

Read More

जाजरकोट – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् । जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच–बीचमै कट्ने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए ।

Read More