Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- पाँच दलीय गठबन्धनले सातै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्दैछ । आइतबारदेखि सुरु हुने अभियान धनगढीबाट सुरुवात हुँदैछ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ । बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौँमा संयुक्त चुनावी सभा हुने भएको हो । यही ८ वैशाखमा…

Read More

काठमाडौं- कर्णालीका आठ जिल्लामा सत्ता गठबन्धन दलको निर्णय तोडेर उम्मेदवारी दिइएको छ । प्रदेशका सुर्खेत र रुकुम पश्चिम बाहेकका आठ जिल्लाका पालिकाहरुमा भागबण्डा गरेर जाने सहमति भएपनि गठबन्धन दलले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको प्रदेश संयन्त्रले चार दिन लगाएर भागबण्डा गरेर जाने सहमति गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो । गत सोमबार गठबन्धन दलहरुले उम्मेदवारी दर्ता गराएका थिए । दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाट छुट्टा–छुट्टै मनोनयन दर्ता भएको छ भने हुम्लाका धेरैजसो पालिकाहरुमा बागी उम्मेदवारी परेको छ । ७ वटा गाउँपालिका रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको जिल्ला निर्वाचन…

Read More

रसुवा- नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्। बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन् । एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ।

Read More

काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । दिल्लीको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ४२ रन बनाए। उनले २६ बलमा ८ चौका प्रहार गरे । यता, रोभम्यान पावेलले १६ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे। तल्लोक्रमका अक्षर पटेल १७ बलमा २ चौका र १ छक्कासहित २४ रनमा रन आउट भए । यता, ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकाताका उमेश यादवले ४ ओभरमा २४ रन खर्चेर…

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आ–आफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको हो । गठबन्धनका उम्मेदवारविरुद्ध बागी भएका सबै उम्मेदवारलाई फिर्ता गर्न लगाउने र फिर्ता नगर्ने उम्मेदवारको सूची बनाएर शीर्ष नेतृत्वसमक्ष कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले बताए ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि दर्ता गरिएका उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ। वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्। आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन्। उनले निर्वाचन आयोगले दिएको समयभित्रै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। वैशाख ३० मा हुने…

Read More

कैलाली- कैलालीमा एकजना मृत फेला परेका छन् । जिल्लाको जानकी गाउँपालिका ५ अमौराका ५९ वर्षीय हरिराम चौधरी खेलमा मृत फेला परेका हुन् । उनी घरबाट करिब ५ सय मिटर टाढा खेतमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

हेटौंडा- आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको सदस्य पदमा मनोनयन दर्ता गराएका नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवारको मनोनयन खारेज भएको छ । हेटौंडा उपमहानगरपालिका १ मा खुल्लातर्फको सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, हेटौंडाले जनाएको छ । दुई सदस्य पदका लागि तीन जनाको उम्मेदवारी परेको र त्यस उपर छानविनको क्रममा थोकरको उम्मेदवारीमा पार्टीको सिफारिस प्रमाणित हुन नसकेपछि उम्मेदवारी खारेज गरिएको कार्यालयले जनाएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका २ जना विरुद्ध परेको उजुरी बदर भएको छ । नेकपा एमालेबाट हेटौंडा–४ का वडा अध्यक्षका उम्मेदवार नवीन…

Read More

काठमाडौं- कुनै एक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज हुने भएको छ । निर्वाचन आयोगले त्यसरी मनोनयन भएका उम्मेदवारी भएर खारेज गराउन निर्देशन दिएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) दुवैपदमा उम्मेवारी दिने दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा एक पदमा पुरुष र अर्को पदमा महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। यही वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा विभिन्न स्थानीय तहमा रहेका निकासाका लागि प्राप्त भएका विषयलाई आयोगले सम्बोधन गरी पठाइएको आयोगका प्रवक्ता…

Read More

हुम्ला- हुम्लाको सदरमुकाम सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More