Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राजस्व अनुसन्धान विभागले विद्युतीय कार आयातमा करछली गरेर कार भित्र्याएको साइमेक्स इंक प्रालिमाथि अनुसन्धान थालेको छ। साईमेक्स प्रालिले चिनियाँ विद्युतीय कार बीवाईडीको आयात गर्दै आएको छ। साईमेक्सले आयत गर्दा ठूलो मात्रामा किलोवाट घटाएर कर छलेको खुलेपछि राजस्व विभागले अनुसन्धान थालेको हो। राजस्व अनुसन्धान विभागले साईमेक्सले एक सय क्षमता किलोवाटका बीवाईडी कारलाई ९९ किलोवाट देखाएर ठूलो मात्रामा कर छलेको दाबी गरेको छ। सरकारले ९९ किलोवाटको विद्युतीय कारमा आयकर २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत निर्धारण गरेको छ। त्यस्तै एकसय किलोवाटको आयकर ३० र अन्तशुल्क २० प्रतिशत कायाम गरेको छ। यसरी एक सक किलोवाटको एउटा बीवाईडी कारलाई ९९ किलोवाटमा देखाउँदा आयकरमा…

Read More

काठ्माडौं : अत्याधिक मदिरा सेवन गरेर दुबई जान लागेका गायक राजेश पायल राईलाई घर फर्काइएको छ । उनी बिहान १० बजे फ्लाइ दुबई एयरबाट उड्न ठिक्क परेका थिए । तर बोर्डिंग पास भएर जहाज चढिसकेका राजेशले भित्रै लफडा गरेपछि निकालिएका हुन् । जहाजका कर्मचारीले अत्याधिक मदिरा सेवन गरेको भन्दै राजेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाएको र प्रहरीले ट्याक्सीमा हालेर घर फर्काएको बताइएको छ । पर्सि दुबईस्थित याक एण्ड यती एभरेष्टमा भव्य सांगीतिक कन्सर्ट हुँदैछ । राजेश सोही कन्सर्टमा सहभागी हुन जान लागेका थिए ।

Read More

धनगढी : जिल्ला अस्पताल बैतडीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट शुशील बिकले सकसपूर्ण अवस्थामा काम गरिरहेको जनाएका छन्। बिहीबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा उनले यस्तो जनाएका हुन्। उनले गत वर्ष देशभरमै उत्कृष्ट भएको अस्पतालमा आफू प्रमुख भएको अवस्थामा कर्मचारीलाई दिने रकम नपाउदा समस्या भएको बताए। आफूले उत्कृष्ट अस्पताल भएको पुरस्कार पाएको र त्यो पुरस्कार देखाउन पनि समस्या भएको उनको भनाई छ। मन्त्रालयबाट अस्पतालले पाउनुपर्ने कर्मचारीहरुको अपरेसन, जोखिम भत्ता, प्रोत्साहन भत्ता लगायतका रकम नपाएकोले समस्या भएको उनको दाबी छ। यसका साथै अस्पतालले बिजुली र पानीको…

Read More

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले महाकाली करिडोर अन्तर्गतको तिंकर सडक निर्माण कार्यलाई गति दिन आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर लामो दार्चुला-तिंकर सडकलाई शीघ्र सम्पन्न गर्न सबै प्रदेश सरकार, स्थानीय सरकार, र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताएको छ। गाउँपालिकाले नेपाल सरकारको न्यून बजेट विनियोजनका कारण सडक निर्माणमा अपेक्षित प्रगति नहुनुमा चिन्ता व्यक्त गर्दै, द्रुत गतिमा काम सम्पन्न गर्नका लागि सबै तहबाट सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर…

Read More

काठमाडौं : राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमतीले राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि घोषणा भएको इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीमा राजमतीले स्थान बनाएकी हुन । नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने टोलीको बुधबार घोषणा गरेको हो । घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी युवा अलराउन्डर राजमती ऐरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका दाइ दीपेन्द्रलाई बहिनी राजमतीले पछ्याउँदै आएकी छन् । उनले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी…

Read More

धनगढी : जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा एक जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी पक्राउ परेका हुन । उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

Read More

काठमाडौं : एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।  सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,अछाम र आसपास जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । 

Read More

काठमाडौं : एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा…

Read More

काठमाडौँ: दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको हो ।  अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनाएको थियो । ५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५…

Read More