Author: महेन्द्रनगर पोष्ट

धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता सुदूरपश्चिम क्षेत्रको भ्रमणमा आउने भएका छन्।  पूर्वराजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज पुग्ने कार्यतालिका छ।  भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ। 

Read More

दार्चुला: सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ।  तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए। छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो। चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन्। सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन्। प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो।

Read More

काठमाडौँ: फरार प्रतिवादी रहेका नेपाल प्रहरीका इन्सपेक्टर कार्यरत नै रहेको खुलेपछि समातिएका छन्। हिजो बहालवाल रहेकै अवस्थामा इन्स्पेक्टर फेला परेका हुन्। स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ। सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ। धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–५ घर भएका इन्स्पेक्टर अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो। अनुसन्धान सकेर प्रहरीले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। मुद्दा…

Read More

धनगढी: बझाङमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशन सम्पन्न भएको छ। बझाङको १३ औं जिल्ला अधिवेशनबाट आज सम्पन्न भएको हो। अधिवेशनबाट रुपक धामीको नेतृत्वमा ३७ सदस्यीय कमिटी निर्वाचित भएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोजराज राईले जानकारी दिए। उनका अनुसार उपाध्यक्षमा लक्ष्मण गिरि र अन्जना बोहरा सचिवमा दिलिप अधिकारी, सहसचिवमा महेश जेठारा, आशिष खड्का, सानू थापा र राजेश कार्की चयन भएका छन् भने कोषाध्यक्षमा सुरेश जोशी चयन भएका छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन खुला गरिएको छ। आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्की जानकारी दिए। उनका अनुसार देशभर अनलाइन आवेदन खुला गरिएको हो। प्रहरी कर्मचारीले कोषबाट चार लाख रुपैयाँ ऋण पाउने गरेका छन्। ऋण लिन इच्छुक प्रहरी कर्मचारीले अनलाइन दरखास्त दिन सक्नेछन्।

Read More

धनगढी: बैतडीमा बेपत्ता किशोरी अझै गायब छिन्। उनलाई खोज्न प्रहरीका फौज परिचालन भएको भएपनि पत्तो अझै लागेको छैन। सोही काण्डमा दसैँको अघिल्लो दिन २५ असोजमा महाकाली प्रहरी चौकीका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि कुटपिट भयो। जोशीलाई दाम्लोले बाँधेर स्थानीय बासिन्दाले कुटपिट गरेका थिए। बैतडी प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार जोशीको जिल्ला अस्पतालमा उपचार नै गरिएको थियो। उनीमाथि पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोप थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलारम पाण्डेका अनुसार ती किशोरी २५ गते बिहान पाँच बजेको समयमा घरबाट निस्केकी थिइन्। ‘एकाबिहानै पानी ल्याउँछु भन्दै ती किशोरी घरबाट निस्केकी थिइन्,’…

Read More

काठमाडौं: पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेकपा एमालेका एक प्रदेश सांसद कारबाहीमा परेका छन्। बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यताबाट निलम्बन गरेको हो। उनीमाथि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप लगाइएको छ।  त्यस्तै, पार्टीको मूल्य मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गरेको, पार्टीविरुद्ध समाचार लेख्न लगाएकोजस्ता आरोप पनि थोपरिएको छ। एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले चौधरीलाई अनुशासनको कारवाही गरेको बताए।  पार्टीको नेतृत्व र कार्यकर्ताविरुद्ध प्रकाशित सामग्रीलाई लिएर शुरुमा उनलाई स्पष्टीकरण सोधिएको थियो। तर, आफ्नो गल्ती महसुश गर्नुको साटो उल्टै पार्टीविरुद्ध लिखित जवाफ दिएकाले विधानको…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कति गफाडी छन् भने कुरा वेबसाईट प्रकरणले पुष्टि गरेको छ। जबकी उनले २ दिनमा मन्त्रालयका वेबसाईट बनाउने भनेर २ साता बित्दा पनि प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालय वेबसाइटविहीन छ। यो अवधि अहिले पाँच महिना नै पुगेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वेबसाइट साउनदेखि डाउन छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ वेबसाइट बनाएको छ। तर, वेबसाइट भने अपडेट छैन्। त्यसबाहेक अन्य कुनै मन्त्रालय र कार्यालयले बिग्रेका बेवसाइट सञ्चालनमा ल्याएका छैनन्।  प्रदेश प्रमुखको कार्यालय,…

Read More

दार्चुला: दार्चुलामा ग्याँस चुहावट भएर आगलागी भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–२ मन्तड बस्ने चक्रदत्त जोशीको घरमा सोही गाउँपालिकाले भाडामा लिएको भान्सामा आगलागी भएको हो। गाउँपालिकाका कर्मचारीहले प्रयोग गर्दै आइरहेको भान्सामा खाना पकाउने क्रममा ग्याँस चुहावट भएर सोमबार आगलागी भएको हो। आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलोलगायतका सामान गरी सात लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

Read More

धनगढीः नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्रायः सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ। नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन्। सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन्। सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन्। मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन्। ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन्। सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। चार विदेशी खेलाडीमध्ये…

Read More