Author: महेन्द्रनगर पोष्ट

कैलाली कैलालीको गौरीगंगा नगरपालिका-५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका छन् । उनी आफ्नै घरमा मृत फेला परेका हुन् । उनी आज आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन हुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।…

Read More

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्। बिहीवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्। ‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।

Read More

बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागी ४४ करोड ४९ लाख २९ हजार २ सय ५७ रुपियाँको बजेट ल्याएको छ। नगर उपप्रमुख रामबहादुर बोहोराले आगामी आर्थिक बजेट प्रस्तुत गर्नु भएको थियो। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख जनककुमार बोहोराले १३ वटा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई बिशेष प्राथमिकतामा राख्दै बुढीनन्दा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। आर्थिक वर्षमा नगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिद्यमान समस्याहरुको समाधान गरी शिक्षा क्षेत्रमा आमूल परिर्वतन गर्न र गुणस्तरीय तथा व्यावसायीक शिक्षा प्रदान गर्नको लागी दिर्धकालीन, मध्यकालीन र…

Read More

काठमाडौँ: निजी विद्यालयका शिक्षकहरूले कम तलब पाएको गुनासो आएको भन्दै काठमाडौँ महानगरपालिकाले शिक्षकहरूको तलब स्केल निर्धारण गरेको छ। महानगर प्रमुख बालेन्द्र शाह ( बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सोही बमोजिम नपाउनेले महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।

Read More

बैतडी: लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ। विद्यालयको खेलमैदान र पर्खाल पहिराले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए। वर्षाका कारण विद्यालयको तीन कोठे भवन उच्च जोखिममा रहेको भाटले बताए। उनले भने, “विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ। भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ।” विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको उनको भनाइ छ। उनले भने, “विद्यालय भवन उच्च जोखिममा रहकाले बालबालिका डरैडरले पढिरहेका छन्, विद्यालय बन्द गर्दा पढाइमा बाधा पुग्ने भएकोले बन्द गरेका छैनौँ ।” विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि…

Read More

कञ्चनपुरः कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको गएराति घरको छतबाट लडेर मृत्यु भएको हो। शुक्लाफाँटा नगरपालिका–१० शान्तिपथमा भतिजा नाता पर्ने दान बहादुर शाहको घरमा सुत्नलाई छतमा गईरहेको बेला देवीलाल खसेर घाइते भएको प्रहरीले बताएको छ। उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाकारी दिएको छ।

Read More

काठमाडौं: साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपाली नागरिकसहित २ जनाको मृत्यु भएको छ। गोली लागेर मारिने नेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड हुन्।  मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाएअनुसार कारमा सवार एक व्यक्ति अमेरिकी दूतावास अगाडि हातमा बन्दुक लिएर ओर्लिएका थिए। दूतावासको सुरक्षामा खटिएको सुरक्षा बलका सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलेको साउदी समाचार संस्था एसपीएले जनाएको छ। मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम तथा नेपालको ठेगाना खुलेको छैन। साउदी अधिकारीहरूले घटनाको अनुसन्धान भइरहेको जनाएका छन्। 

Read More

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका – ४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको बताए। उनले अभिभावकको सल्लाह अनुसार नै विद्यालय परिसरमा छात्राको ग्रहशान्तिका लागि पूजापाठ तथा होम गरिएको बताए। अभिभावक तथा सबैले पूजा गर्न दबाब दिएपछि मङ्गलबार पूजा सम्पन्न गरिएको उनले बताए। घोडाघोडी नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन्। अधिकांश विद्यालयमा छात्रा बेहोस हुने, बर्बराउने चिच्याउने समस्या देखिएको छ। पहाडबाट बसाइँसराइ गरी आएका समुदायका छात्रामा यस्तो समस्या बढो देखिएको बताइएको छ।

Read More

काठमाडौं: मुस्लिम समुदायले आज इद–उल अजहा (बकर इद) मनाउँदैछन्। मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ। आजको दिनमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्छन्। नमाज पढिसकेपछि घर(घरमा गएर बली दिने गर्छन्। बकर इद तीन दिनसम्म मनाइन्छ। बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

Read More